Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

दार्चुला अपडेट : ५ जनाको मृत्यु, १० बेपत्ता

दार्चुला अपडेट : ५ जनाको मृत्यु, १० बेपत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २५, २०७९ शनिवार • १७:३५:२३ बजे
  • 490
    SHARES
  • दार्चुला अपडेट : ५ जनाको मृत्यु, १० बेपत्ता

    दार्चुलामा गएको पहिरोमा परी ५ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदका अनुसार पहिरोमा परी ८ जना घाइते भएका छन् । अहिलेसम्म ५ जनाको शव भेटिएको, १० जना बेपत्ता भएका छन् ।

    images

    घाइतेमध्य ५ जनाको अवस्था गम्भीर रहेको रावलले जानकारी दिए ।

    पहिरोमा परेर महाकाली नगरपालिका-२ मुल्लाका ७७ वर्षका नन्दराम बोहरा, दल्लेखका ६८ वर्षका मोहन राम पार्की, महाकाली नगरपालिका-३ कि ३५ वर्षका मानमति कार्की, नौगाड गाउँपालिका-१ सल्लाकी ३२ वर्षका जानकी ठगुन्ना र नौगाड गाउँपालिका-१ कि १५ वर्षका धनुली ठगुन्नाको मृत्यु भएका छन् ।

    घाइते भएका ८ जनाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । पहिरोमा परी ५ वटा जिप, एउटा कार र एउटा ट्याक्टर पनि हराएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology