Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

१ लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुल्यो

१ लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुल्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २६, २०७९ आइतवार • १०:३०:३६ बजे
  • 364
    SHARES
  • १ लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुल्यो

    नेपाल प्रहरीले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको भर्ना खुला गरेको छ।

    images

    प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार एक लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो।

    इच्छुक नेपाली नागरिकले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म सार्वजनिक बिदाको दिन समेत दरखास्त बुझाउन सक्नेछन्। दरखास्त फाराम सबै जिल्ला प्रहरी कार्यालयमा पाइनेछ।

    म्यादी प्रहरी छनोटमा स्थानीय तह निर्वाचनमा म्यादी प्रहरीका रूपमा भर्ना भई काम गरेका र पूर्व सुरक्षाकर्मी, वन रक्षकहरू, सुरक्षा निकायलाई प्राथमिकता दिइने प्रहरीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology