Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

श्रीलंकालाई ६-० अन्तरले पराजित गर्दै नेपाल सेमिफाइनलमा

श्रीलंकालाई ६-० अन्तरले पराजित गर्दै नेपाल सेमिफाइनलमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २७, २०७९ सोमवार • २१:२०:२७ बजे
  • 907
    SHARES
  • श्रीलंकालाई ६-० अन्तरले पराजित गर्दै नेपाल सेमिफाइनलमा

    महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा नेपालले लगातार दोस्रो जीत हात पारेको छ ।

    images

    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले श्रीलंकालाई ६-० गोलअन्तर पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत हात पारेको हो । यसअघि नेपालले भुटानलाई पराजित गरेको थियोे ।

    यो जीतसँगै नेपाल सेमिफाइनलमा पुगेका छ । नेपालको जीतमा सरु लिम्बू, रश्मीकुमारी घिसिङ, अमृता जैसी र दिपा शाही एक/एक गोल गरे भने अमिशा कार्कीले दुई गोल गरे ।

    सरुले खेलको १० मिनेटमा गोल गरिन् भने रश्मीले खेलको ११ मिनेटमा गोल गरे । अमृताले खेलको १७ मिनेटमा गोल गर्दा दिपाले खेलको पहिलो हाफको अतिरिक्त समयमा गोल गरे ।

    नेपालका अर्का खेलाडी अमिशाले खेलको ७६ मिनेट र दोस्रो हाफको अतिरिक्त समयमा गोल गरे ।

  • सम्बन्धित विषय:

  • # नेपाल सेमिफाइनलमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology