Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

डेंगुबाट जोगिन जनस्वास्थ्यमा मापदण्ड पालना गर्नुपर्छ : गणेश तिमिल्सिना

डेंगुबाट जोगिन जनस्वास्थ्यमा मापदण्ड पालना गर्नुपर्छ : गणेश तिमिल्सिना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २७, २०७९ सोमवार • २१:२३:०९ बजे
  • 703
    SHARES
  • डेंगुबाट जोगिन जनस्वास्थ्यमा मापदण्ड पालना गर्नुपर्छ : गणेश तिमिल्सिना

    राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड–१९ र डेंगु सङ्क्रमणबाट जोगिन जनस्वास्थ्यका आधारभूत मापदण्डको पालना गर्नुपर्ने बताएका छन् ।

    images

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज आयोजना तथा विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा जनस्वास्थ्यका विषयमा प्रदेशसभाको भूमिकासम्बन्धी आज यहाँ भएको दुई दिने अन्तरक्रियामा उनले कोभिड–१९ को नियन्त्रणसँगै हाल डेंगुलगायत सरुवा रोग, विभिन्न सङ्क्रामक रोग र नसर्ने रोगले मानव स्वास्थ्यमाथि गम्भीर समस्या उत्पन्न गरिरहेको भन्दै नियन्त्रणमा संवेदनशील भएर गहन अध्ययन गर्नुपर्नेमा जोड दिए ।

    कोभिड–१९ को महामारीपछि जनस्वास्थ्यका विषयमा जनप्रतिनिधि गम्भीर रहेको र उनीहरूको भूमिकाका बारे आफूहरू निरन्तर छलफल गरिरहेको अध्यक्ष तिमिल्सिनाले बताए ।

    जनस्वास्थ्य जस्तो संवेदनशील विषयमा राज्यको एउटा निकायले मात्रै जिम्मा लिएर नहुने भन्दै उनले सङ्घ र प्रदेशसँगै स्थानीय तहलाई पनि जोड्नुपर्ने बताए ।

    ‘सङ्घ र प्रदेशसँग जोडेर हामीले धेरै कार्यक्रम ग¥यौँ, अब स्थानीय तहसँग पनि जोड्नुपर्ने छ’, उनले भने, ‘स्वास्थ्य जस्तो संवेदनशील विषय कुनै एउटा निकायले मात्रै जिम्मा लिएर हुँदैन, त्यसमा सबैको भूमिका हुन्छ ।’

    प्रदेश सभाको कार्यकाल सकिन लागेकोतर्फ सचेत गराउँदै अध्यक्ष तिमिल्सिनाले अब प्रदेशसभाले अहिलेसम्म गरेको कामको समीक्षा गर्नुपर्ने बेला भएको बताए ।

  • सम्बन्धित विषय:

  • # गणेश तिमिल्सिना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology