एजेन्सी । सबैभन्दा ठूलो भिडियो प्लेटफर्म यूट्युबले आफ्नो मोबाइल एपमा नयाँ फिचरको शुरुवात गरेको छ । उक्त कम्पनीले एन्ड्रोइड र आइएसओ दुबै प्लेटफर्ममा यसको परीक्षण शुरु गरेको छ । यो एप छोटो भिडियो बनाउनका लागि तयार गरिएको बताइएको छ ।
युजर यस एपको प्रयोग गरी टिकटकको जसरी छोटा भिडियोहरु बनाएर सेयर गर्न सक्नेछन् । एपका डेभलपर्सले अप्रिलमा यसबारे जानकारी सेयर गरेका थिए । यूट्यूवको यस एपमा युजरको भिडियो भन्दा धेरै लाइसेन्स भएका म्यूजिकमा पहुँच हुने बताइएको छ ।
गुगलको अल्फावेट कम्पनीले एक सन्देशमा यो एपको सहायताले युजर सिधै मल्टीपल क्लिप रेकर्ड गरेर अपलोड गर्न सक्ने बताएको छ । यदि भिडियो १५ सेकेन्ड भन्दा लामो छ भने यो सिधै प्लेटफर्म मै अपलोड गर्न सकिने छ ।
यद्दपि भिडियोको लम्बाइ १५ सेकेण्ड भन्दा लामो छ भने त्यसलाई फोनको ग्यालरीमै सेभ गरेर अपलोड गर्नु पर्दछ । कम्पनीले एपको फिचर एन्ड्रोइड र आइओएस युजर्स दुबैका लागि परीक्षण गरिरहेको बताएको छ ।
उनीहरुले अहिले क्रिएट ए भिडियो भन्ने अप्सनमा अपलोड गरेर परीक्षण गरिरहेका छन् । यद्दपि अहिले नै यसमा टिकटकका जस्ता फिल्टर, इफेक्टस्, म्यूजिक फिचर्स हुन्छन कि हुन्नन् यसै भन्न सकिने स्थिति भने छैन ।
यूट्यूबद्वारा अहिले छोटो (सर्ट) भिडियो फिचर स्टोरीमा दिइएको छ । जसलाई यूट्यूब रिल्स नाम दिइएको छ । यो युजर्सलाई सर्ट भिडियो अपलोड गर्नका लागि दिइएको एक्सेस हो ।