Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

चारनाथ खोलामा प्रहरी र बन्दुकधारीबीच गोली हानाहान, एक जना घाइते

चारनाथ खोलामा प्रहरी र बन्दुकधारीबीच गोली हानाहान, एक जना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २८, २०७९ मंगलवार • २१:१५:०२ बजे
  • 580
    SHARES
  • चारनाथ खोलामा प्रहरी र बन्दुकधारीबीच गोली हानाहान, एक जना घाइते

    धनुषाको गणेशमान चारनाथ–४ पोर्ताहास्थित चारनाथ खोलामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा एक जना घाइते भएका छन् ।

    images

    प्रहरीचौकी पोर्ताहाबाट खटिएको प्रहरी टोली र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा प्रहरीको गोली लागेर धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ निवासी ३० वर्षीय गणेशबहादुर बुढाथोकी घाइते भएको प्रहरीले जनाएको छ ।

    खोलामा बन्दुकधारी समूहलाई प्रहरीले रोक्न खोज्दा फायर गरेपछि प्रहरीले गरेको जवाफी कारबाहीमा परेर बुढाथोकी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

    प्रहरीको गोली लागि घाइते अवस्थामा पक्राउ परेका बुढाथोकीको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए ।

    पक्राउ परेका बुढाथोकीको साथबाट एक थान भरुवा बन्दुकसमेत बरामद भएको प्रहरीले जनाएको छ । ती समूहका अन्य व्यक्ति भने फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology