Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बेनी-भकिम्ली सडक सञ्चालनमा

बेनी-भकिम्ली सडक सञ्चालनमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २९, २०७९ बुधवार • ०९:४३:३५ बजे
  • 763
    SHARES
  • बेनी-भकिम्ली सडक सञ्चालनमा

    म्याग्दी । गत जेठ अन्तिम साता म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको हल्लेगौडा र खुर्सानीबारीमा गएको पहिराका कारण अवरुद्ध बेनी–भकिम्ली सडक तीन महिनापछि बल्ल सञ्चालनमा आएको छ ।

    images

    सदरमुकाम बेनीबाट दूधेखोला–हलेगौडा–डाँडाखानी हुँदै भकिम्ली जोड्ने सडकखण्डअन्तर्गत हलेगौडा, कल्लेरी खोलाको घुम्ती र खुर्सानीबारी भन्ने स्थानमा पहिराले सडक बगाएपछि भकिम्लीका बासिन्दा आवतजावत गर्ने सडक यातायातबाट विच्छेद भएको थियो । पहिराले सडक बगाएपछि सदरमुकाम बेनी आवतजावत गर्न स्थानीयले घुमाउरो र जोखिमपूर्ण मार्गको प्रयोग गर्न बाध्य भएका थिए ।

    “बेनी नगरपालिका र स्थानीयको पहलमा तीन महिनापछि मर्मत गरेर आंशिकरूपमा सडक सञ्चालनमा ल्याउन सफल भएका छौँ”, स्थानीय शेरबहादुर घर्तीले भन्नुभयो । गत वर्ष ढलानसहितको सडक पहिराले बगाएपछि वैकल्पिक मार्ग हुँदै सडक सञ्जाल जोड्ने प्रयास गरिएको थियो ।

    पहिराले हलेगौडासहित आसपासका क्षेत्रका बस्तीसमेत जोखिममा परेको छ । भकिम्ली हँुदै छिमेकी बागलुङको काठेखोला र ताराखोला गाउँपालिकाका बासिन्दाले समेत आवतजावत गर्ने गरेका छन् ।

    भकिम्ली जाने वैकल्पिक सडकअन्तर्गत ज्यामरुककोट, बेनी–थामडाँडा सडकखण्डअन्तर्गत राखु र मरेक हुँदै आवतजावत गर्न सकिन्छ । भकिम्ली जोड्ने हलेगौडाको सडक सबैभन्दा छोटो र सजिलो मानिन्छ । नगरपालिकाले समेत उक्त सडकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको थियो ।

    करिब सात सय ५० घरधुरीको बसोबास रहेको भकिम्लीवासीलाई सहज हुने गरी सडक मर्मतको प्रयास भए पनि उक्त स्थान सधैँ जोखिम बन्दै गएको वडाध्यक्ष पदम पुनले बताउनुभयो ।

    “सडक अवरुद्ध हुँदा जनतालाई सास्ती भएको थियो, अहिले सामान्य मर्मत गरेर सवारी आवतजावत गर्न सक्ने बनाएका छौँ, सडकलाई दिगो बनाउन ठूलो बजेटको आवश्यकता देखिएको छ”, उहाँले भन्नुभयो ।

    गत वर्ष ढलान गरेकोसहित डेढ किलोमिटर सडक पहिरोसँगै बगेपछि उक्त मार्गमा नियमितजसो अवरुद्ध हुन थालेपछि वैकल्पिक मार्गको समेत सर्भे भएको थियो । सरकारी निकायबाट विनियोजित बजेटबाहेक स्थानीयले श्रमदान गरी सडक विस्तार गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # बेनी-भकिम्ली सडक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology