Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

न्याय र सुरक्षा माग गर्दै लोकगायिका अमृता सिर्पालीले दिइन् लोकदोहोरी प्रतिष्ठानमा उजुरी

न्याय र सुरक्षा माग गर्दै लोकगायिका अमृता सिर्पालीले दिइन् लोकदोहोरी प्रतिष्ठानमा उजुरी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २९, २०७९ बुधवार • २०:१४:२६ बजे
  • 1.3K
    SHARES
  • न्याय र सुरक्षा माग गर्दै लोकगायिका अमृता सिर्पालीले दिइन् लोकदोहोरी प्रतिष्ठानमा उजुरी

    सांगीतिक प्रस्तुतिका लागि जापान पुगेकी एक गायिकाले आफूमाथि भौतिक आक्रमण गरेको भन्दै धन थापा नामका व्यक्तिविरुद्ध राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, जापान शाखामा उजुरी दिएकी छन् ।

    images

    गत अगस्ट १३ मा जापानको ओसाका कोबे सहरस्थित धौलागिरि दोहोरी साँझमा सांगीतिक प्रस्तुतिका लागि स्पोन्सर गरेका बागलुङका थापाविरुद्ध गायिका अमृता श्रीपालले उजुरी दिएकी हुन् ।

    a2.jpg

    आफू जापान प्रवेश गरेपछि हरेक कार्यक्रममा गाउँदा पाएको पारिश्रमिक थापालाई कमिसन दिनुपर्ने, तर आउन जान यातायात खर्च समेत नदिने गरेको उनले निवेदनमा उल्लेख गरेकी छन् ।

    कार्यक्रमका सहकर्मीसँग अनैतिक सम्बन्ध राखेको जस्ता आरोप समेत थापाले लगाउने गरेको भन्दै उनले उल्लेख गरेकी छन्, ‘मेरो अझै दुई महिनाको भिसा बाँकी रहेको र आफू कलाकार रहेको हुँदा केही समय जापानमा बस्ने र तय भएका सांगीतिक कार्यक्रममा प्रस्तुति दिने माहौल सिर्जना गरिदिनुहुन प्रतिष्ठान, जापान शाखा समक्ष हार्दिक अनुरोध गर्दछु ।

    निज थापाले मलाई जापानमा र मेरो नेपाल (म्याग्दी)मा रहेको परिवारलाई समेत मार्ने धम्की दिने गरेको हुँदा मलाई मानसिक पीडा, सामाजिक बेइज्जत, सांगीतिक करिअरमा असर पर्नुका साथै चरित्र हत्याको पीडाले अति धेरै पीडित बनेकी छु ।

    उसको स्वार्थ पूरा नहुँदा सेप्टेम्बर १ज्ञ मा पनि भौतिक रुपमा ममाथि आक्रमण गरेपछि मैले आफ्नो ज्यान जोगाउँदै ओसाकाको एक घरमा शरण लिई लुकीछिपी बसिरहेको छु ।’ उनले आफूलाई उचित न्याय र सुरक्षाको प्रत्याभूति हुने वातावरण मिलाइदिन शाखालाई आग्रह गरेकी छन् ।

    a1.jpg

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology