Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बलात्कार आरोप लागेका सन्दीप विदेशबाटै फरार ?

बलात्कार आरोप लागेका सन्दीप विदेशबाटै फरार ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३०, २०७९ बिहिवार • १०:२३:०५ बजे
  • 712
    SHARES
  • बलात्कार आरोप लागेका सन्दीप विदेशबाटै फरार ?

    क्रिकेटर सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएको एक साता बितिसक्यो । तर, पक्राउ परेका छैनन् । उनीमाथि नाबालिगलाई बलात्कार गरेको आरोप छ ।

    images

    क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिजमा रहेका बेला सन्दीपविरुद्ध नाबालिगलाई बलात्कारको गरेको आरोपसहित प्रहरीमा जाहेरी परेको थियो । त्यस लगत्तै प्रहरीले गत बिहीबार काठमाडौं जिल्ला अदालतबाट पक्राउ गर्ने अनुमति लिएको थियो ।

    सन्दीपलाई पक्राउ गरी अनुसन्धान गर्ने अनुमति पाए लगत्तै प्रहरीले जहाँ भेट्यो त्यही पक्राउ गर्ने तयारी गरेको छ । प्रहरीको कालो सूचीमा रहेका सन्दीप अहिले प्रहरीको फरार सूचीमा समेत परेका छन् ।

    बलात्कारको आरोप लागेपछि सन्दीपले आफू चाँडै नेपाल आउने र कानुनी लडाइँ लड्ने बताएका थिए । तर, प्रहरीले पक्राउ पूर्जी जारी गरेको साता बितिसक्दा समेत नेपाल आइपुगेका छैनन् ।

    आरोप लागे लगत्तै सन्दीपले नेपाल क्रिकेट संघ (क्यान)लाई आफू निर्दोष रहेको भन्दै न्यायिक लडाइँमा सहयोग गर्न आग्रह गरेका थिए । उनले क्यानसँग छिट्टै नेपाल फर्कने भनेका थिए । तर, अहिले भने सन्दीप क्यानसँग पनि सम्पर्कमा छैनन् ।

    पक्राउ पूर्जी जारी भइसकेकाले सन्दीप आफै सम्पर्कमा आउनसक्ने प्रहरीले अनुमान गरेको थियो । तर, सन्दीप प्रहरीसँग पनि सम्पर्कमा छैनन् । सन्दीप सम्पर्कविहीन भएपछि प्रहरीले सन्दीपलाई पक्राउ गर्न औपचारिक/अनौपचारिक माध्यमको प्रयोग गरी पक्राउ गर्ने तयारी थालेको प्रहरी स्रोतले बताएको छ ।

    यदि, सन्दीप विदेशबाटै फरार भए प्रहरीले इन्टरपोलमार्फत पक्राउका लागि आवश्यक कदम चाल्नेछ । इन्टरपोलका सदस्य राष्ट्रहरूले बलात्कार जस्ता अपराधलाई अति गम्भीर विषयका रुपमा लिने गरेका छन् । स्रोतका अनुसार सन्दीपले नेपाल आउनका लागि दुबईबाट टिकट बुकिङ गरिसकेका थिए । तर, अन्तिम समयमा टिकट रद्द गरेका छन् ।

    त्यसपछि उनी टिकट बुक नगरी गुपचुप बसेका छन् । सन्दीप सम्पर्कविहीन हुँदा विदेशबाटै फरार भएका हुन कि भन्ने आशंका उब्जन थालेको छ । सन्दीपकै फेसबुक स्टाटसमा समेत कतिपयले फरार भएको हो ? भन्दै प्रश्न गरिरहेका छन् ।

  • सम्बन्धित विषय:

  • # सन्दीप विदेशबाटै फरार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology