Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

वर्किङ भिषामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

वर्किङ भिषामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३०, २०७९ बिहिवार • १९:५५:२१ बजे
  • 478
    SHARES
  • वर्किङ भिषामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

    युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

    images

    सोलुखुम्बु दुधकोशी गाउँपालिका– २ घर भई काठमाडौं कागेश्वर मनोहरा नगरपालिका काडाघारी बस्ने ४३ वर्षीय बालकृष्ण कार्कीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

    केही व्यक्तिहरुलाई वर्किङ भिषामा युकेलगायतका देशहरुमा रोजगारीको लागि पठाइदिन्छु भन्दै पीडितहरूबाट नगद १३ लाख ४६ हजार रुपैयाँ लिएर कार्की सम्पर्क बिहीन भएका थिए ।

    उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–४ धुम्वाराहीबाट पक्राउ गरेको हो ।

    उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

  • सम्बन्धित विषय:

  • # वर्किङ भिषामा युके
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology