Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लीको नेपाल भ्रमणपछि खुले तातोपानी र रतुवा नाका

लीको नेपाल भ्रमणपछि खुले तातोपानी र रतुवा नाका

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३१, २०७९ शुक्रवार • ०९:५५:०१ बजे
  • 766
    SHARES
  • लीको नेपाल भ्रमणपछि खुले तातोपानी र रतुवा नाका

    चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुको चारदिने नेपाल भ्रमणको अन्तिम दिन बिहीबार भन्डै डेढ महिनादेखि बन्द रहेको तातोपानी र रतुवा दुवै नाका खुलेका छन्।

    images

    कोरोना संक्रमण बढेको भन्दै चीनले दुवै नाका बन्द गरेको थियो। नाका खुलेसँगै रसुवाबाट बिहीबार बिहानै सातवटा ठूला कन्टेनर सामान र तातोपानी नाकाबाट दुई कन्टेनर सामान भित्रिएको भन्सार विभाग, रसुवाका सूचना अधिकारी पुण्यविक्रम खड्काले बताए।

    बाँकी सात कन्टेनर सामान पनि साँझसम्ममा भित्रिसक्ने उनको भनाइ थियो। यसअघि रसुवा नाकाबाट दैनिक १४ वटा ठूला कन्टेनर सामान आउने र यो नाकाबाट अन्य सामानभन्दा बढी फलफूल भित्रिने गरेको छ।

    चारदिने नेपाल बसाइका क्रममा भएको उच्चस्तरीय भेटवार्तामा नेपालका तर्फबाट दशैतिहारजस्ता चाडपर्वको मुखमा यी दुई नाका तत्काल खोलिनुपर्नेमा जोड दिइएको थियो।

    भेटमा राजनीतिक दलका शीर्ष नेताले लीलाई नाकाखुलाउने विषयमा विशेष आग्रह गरेका थिए। लीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटमा तातोपानी र रसुवागढी नाका तत्काल बोल्न चीन तयार रहेको जानकारी दिए ।

    यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology