Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ट्रकसहित सवा २ कराेड मूल्यकाे अवैध चिनी बरामद

ट्रकसहित सवा २ कराेड मूल्यकाे अवैध चिनी बरामद

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३१, २०७९ शुक्रवार • ०९:५६:२२ बजे
  • 1.4K
    SHARES
  • ट्रकसहित सवा २ कराेड मूल्यकाे अवैध चिनी बरामद

    सर्लाहीको हरिवन नगरपालिका ९ स्थित नयाँ राेडबाट प्रहरीले ठुलाे मात्रामा भन्सार छलीकाे चिनी सहित २ वटा ट्रक नियन्त्रणमा लिएको छ ।

    images

    ईलाका प्रहरी कार्यालय हरिवनकाे प्रहरी टाेलीले विशेष सुराकीकाे आधारमा चेकजाँच गर्दा नेपाल भारत सिमा स्थित बलरा नाकाबाट भन्सार छलेर नेपाल भित्रीएकाे २ वटा ट्रक र ९ सय ८० बाेरा चिनी बरामद् गरेकाे हाे ।

    २ वटा ट्रककाे रु १ कराेड ६० लाख र ९ सय ८० बाेरा चिनीकाे अन्दाजी मूल्य रु ६८ लाख ६० हजार गरि रु २ कराेड २८ लाख ६० हजार रहेकाे जिल्ला भन्सार कार्यालय सर्लाहीले जनाएको छ ।

    बलरा नाकाबाट नेपाल भित्रिएकाे ना ७ ख ६१४५ र प्रदेश २-०३-००१ ख ६५८५ नम्बरका २ वटा ट्रकमा लाेड गरि नेपाल भित्र्याई पुर्व पश्चिम लाेकमार्गमा पुर्याउँदै गर्दा ईलाका प्रहरी कार्यालय हरिवनकाे प्रहरी टाेलीले नियन्त्रणमा लिएर जिल्ला भन्सार कार्यालय सर्लाही पठाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पाेख्रेलले जानकारी दिनुभयाे ।

    उहाँका अनुसार प्रहरीले नियन्त्रणमा लिएको ट्रक र साेमा लाेड अवस्थामा रहेकाे चिनी करिब सवा २ कराेड मूल्य बराबरकाे रहेकाे छ । साे सामान कसले र कहाँ लैजान भन्सार छलेर भित्र्याएकाे हाे भन्ने विषयमा आवश्यक अनुसन्धान जारी रहेकाे सर्लाही प्रहरीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology