Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

चोलेन्द्रले घुस खाएर धेरै मुद्दाहरू फैसला गरे- शम्भु थापा

चोलेन्द्रले घुस खाएर धेरै मुद्दाहरू फैसला गरे- शम्भु थापा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३१, २०७९ शुक्रवार • १०:०५:०७ बजे
  • 442
    SHARES
  • चोलेन्द्रले घुस खाएर धेरै मुद्दाहरू फैसला गरे- शम्भु थापा

    निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले घुस खाएर धेरै मुद्दा फैसला गरेको वरिष्ठ अधिवक्ता शम्भु थापाले आरोप लगाएका छन् ।

    images

    बिहीबार महाभियोग सिफारिस समितिमा भएको छलफलमा बोल्दै थापाले सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइरालाको मुद्दामा चोलेन्द्रले घुस खाएर कैद मिनाहाको फैसला गरेको आरोप लगाएका हुन् ।

    छलफलमा सहभागी भएका थापाले भने– ‘सुरक्षा अधिकारीले श्रीमतीलाई काटेर बोरामा हालेर जलाएको मुद्दामा कैद घट्छ ? त्यहाँ पैसादेखि बाहेक अरु होला त ? आज त्यो त मेरो गल्ती भयो भनेर हुन्छ ?

    घुस नखाएको भए यस्तो फैसला हुने थिएन ।’ चोलेन्द्रले अन्य मुद्दाको फैसलामा पनि घुस खाएको थापाले आरोप लगाएका छन् ।

    क्यासिनोका कर विवाद लगायत मुद्दामा चोलेन्द्रले अनियमितता गरेको थापाको भनाइ रहेको छ ।

  • सम्बन्धित विषय:

  • # चोलेन्द्रले घुस खाए
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology