Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

अछामको तीन पालिकामा पहिरो जाँदा १२ जनाको मृत्यु, २० बढी घाइते

अछामको तीन पालिकामा पहिरो जाँदा १२ जनाको मृत्यु, २० बढी घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १, २०७९ शनिवार • ११:३७:०४ बजे
  • 664
    SHARES
  • अछामको तीन पालिकामा पहिरो जाँदा १२ जनाको मृत्यु, २० बढी घाइते

     अविरल वर्षापछि आएको पहिरोका कारण अछाममा १२ जनाको मृत्यु भएको छ । जिल्लाको कमलबजार नगरपालिका–६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ६ जनामध्ये ५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

    images


    यस्तै जिल्लाकै ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा २–२ जनाको शव फेला परेको छ । सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालका अनुसार अन्य ३ जनाको शव जिल्लाका विभिन्न स्थानमा आएको पहिरोमा पुरिएको अवस्थामा फेला परेको छ । पहिरो गएको स्थान विकट रहेकाले पहिरोबाट प्रभावितको उद्धारमा समस्या भइरहेको सहायक प्रजिअ रिजालले बताए ।

    अछामको तुर्माखादका पहिरो प्रभावितलाई उद्धार गर्न समस्या भएको हो । हिँड्ने बाटोसमेत नहुँदा पहिरो गएको ठाउँका स्थानीयको उद्धारमा समस्या भएको उनको भनाइ छ । शुक्रबार राति दुई बजे तुर्माखाद गाउँपालिका–५ नाडा गाउँमा अचानक गाउँको दुई सय मिटरमाथिबाट पानीको मुहान फुट्दा डाँडा भत्किएर पहिरो गएको थियो ।

     

    पहिरोले स्थानीय नेत्रबहादुर शाही र रिटबहादुर शाहीको घर पुरिएको छ नेत्रका चार जना र रिटका ५ जना परिवार घरसँगै पहिरोमा पुरिएका छन् ।

    स्थानीय प्रतापबहादुर शाहीका अनुसार अहिले तत्काल १० घर पनि जोखिम पहिरोको जोखिममा परेको छ । पहिरोमा पुरिएकामध्ये अहिले १६ वर्षीय विमला शाही र जानकी शाहीको शव फेला परेको छ । अन्यको खोजी गर्न गाह्रो भइरहेको प्रहरीले जनाएको छ ।

    पहिलो गएको स्थान तुर्माखाँद सदरमुकामबाट १५ कोस टाढा छ । यहाँ हिँडेर जाँदा ९ घण्टा बढी समय लाग्छ । यहाँ स्थानीय सरकारले केही ठाउँमा सडक बिस्तार गरे पनि अहिले गाडी हिँड्ने अवस्था छैन ।

    यसैबीच गृहमन्त्री बालकृष्ण खाँणले अछामका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परि घाइते भएका र प्रभावितको उद्धारका लागि तत्काल हेलिकोप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिएका छन् ।

    गृहसचिव टेकनारायण पाण्डे, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल र विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालालाई घाइते तथा प्रभावितको उद्धारका लागि तत्काल हेलिकोप्टरको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology