Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बाढीले कञ्चनपुरमा २ सय ५० बढी घर डुबानमा

बाढीले कञ्चनपुरमा २ सय ५० बढी घर डुबानमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १, २०७९ शनिवार • १३:२४:४४ बजे
  • 490
    SHARES
  • बाढीले कञ्चनपुरमा २ सय ५० बढी घर डुबानमा

    अविरल वर्षा आएको बाढीले कञ्चनपुरमा २ सय ५० बढी घर डुबानमा परेका छन् ।

    images

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार जिल्लाको कृष्णपुर नगरपालिकाका ७०, लालझाडी गाउँपालिकाका १५०, शुक्लाफाँटा नगरपालिकाका ३० र बेलौरी नगरपालिकाको ८ घर डुबानमा परेको छ ।

    यसैबीच बाढीले एक झोलुङ्गे पुल बगाएको छ । जिल्लाको शुक्लाफाँटा १२ तिल्की र देखतभुली जोड्ने बनहरा नदीमा बनाइएको झोलुङ्गे पुल बाढीले बगाएको प्रहरी नायव उपरीक्षक शाहले जनाए ।

    पुल बगाएपछि आवातजावत बन्द भएको छ । बनहरा नदीमा जलस्तर बढीरहेको र तटीय क्षेत्रका नागरिकलाई सर्तक रहन आग्रह गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # २ सय ५० बढी घर डुबानमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology