Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

उपत्यकामा ५ जनासहित कोरोनाबाट पछिल्लो २४ घन्टामा १४ जनाको मृत्यु

उपत्यकामा ५ जनासहित कोरोनाबाट पछिल्लो २४ घन्टामा १४ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २७, २०७७ शनिवार • १७:२५:५६ बजे
  • 1.5K
    SHARES
  • उपत्यकामा ५ जनासहित कोरोनाबाट पछिल्लो २४ घन्टामा १४ जनाको मृत्यु

     पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ५ जनासहित १४ जनाको मृत्यु भएको छ ।कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ह्वात्तै बढेको छ ।

    images
     

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ पुरुष र ३ महिलाको मृत्यु भएको हो । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय ३६ पुगेको छ ।

    हेर्नुस् कुन जिल्लामा कति ?


    नेपालमा कोरोना संक्रमितको संख्या पनि ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार २ सय १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका १ हजार २ सय १ जनासहित देशभर संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको जानकारी दिए । संक्रमितमध्ये ३७ हजार ५ सय ३४ जना उपचारपछि घर फर्किएका छन् ।

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology