कुवेत - कल्याकारी नेपाली युवा समाज कुवेतले पाचौं वार्षिकोत्सव तथा बडा दशैको अवसरमा अलमुजैनी कप अन्तर नेपाली भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
अल मुजैनी एक्सचेन्जको मुख्य प्रायोजनमा
आगामी २३ सेष्टेम्बर २०२२ शुक्रबारका दिन अलमुजैनी कप अन्तर नेपाली भलिबल प्रतियोगिता गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।
कुवेतको अबुहलिफा स्थित ३० नं. एक्सप्रेस हाइवेसँगै जोडिएको सिङ्गनल नजिक रहेको स्टेडियममा अलमुजैनी कप अन्तर नेपाली भलिबल प्रतियोगिता हुने जनाएको छ ।
स्थापनाकालदेखि नै सामाजिक सेवा र खेलकुदका कृयाकलापहरू गर्दै आएको कल्याणकारीले यस अघि पनि अलमुजैनी एक्सचेन्ज सँगको सहकार्यमा खेलकुद प्रतियोगिताहरू सफल रूपमा सम्पन्न गरिसकेको छ ।
उक्त भलिबल प्रतियोगितामा सहभागिताको लागि आगामी २२ सेष्टेम्बर २०२२ बिहिबार साँझ ४ बजेदेखि ६ बजेसम्म माहबुलाको भलिबल ग्राउण्डमै टाइसिट हुनेछ टाइसिट गरिनेछ भने इच्छुक नेपाली टिमले २१ कुवेती दिनार टिम दर्ता शुल्क बुझाएर प्रतियोगितामा सहभागी हुन सकिने जनाएको छ ।
प्रतियोगितामा विजेता टिमलाइ ट्रफी र नगद १५१ कुवेती दिनार पुरस्कार प्रदान गरिनेछ भने उपविजेता टिमलाइ ट्रफी र नगद १०१ कुवेती दिनार पुरस्कार तथा तेश्रो हुने टिमलाइ ५१ कुवेती दिनार र ट्रफ्रीको व्यवस्था गरेको छ ।
उक्त भलिवल प्रतियोगितामा सहभागी भै खेलको मजा लिन तथा कार्यक्रमलाइ भव्य र सभ्य रूपमा सम्पन्न गर्न सहयोग पुर्याउन नेपाली राजदूतावास कुवेत, एनआरएनए कुवेत लगायत कुवेतमा कृयाशिल संघ संस्था, पत्रकार, वुद्धिजीवि, समाजसेवी तथा खेलकुद प्रति रचि राख्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ ।