Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चितवनमा रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर दुई जना सैनिकको मृत्यु

चितवनमा रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर दुई जना सैनिकको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २७, २०७७ शनिवार • १८:१९:१५ बजे
  • 1.5K
    SHARES
  • चितवनमा रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर दुई जना सैनिकको मृत्यु
    चितवनमा रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर दुई जना सैनिकको मृत्यु भएको छ।कालिका नगरपालिकाको वडा नम्बर ८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत दुइ जना सैनिकको शनिबार करेन्ट लागेर मृत्यु भएको हो।

    गणको कम्पाउण्डमा रहेको रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार र जवानको मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए।

    रुखले विद्युतीय तारलाई छोएपछि उनीहरूले हाँगा काट्ने प्रयास गरेका थिए। सुवेदार राजुबाबु श्रेष्ठको उपचारको लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो। सैनिक जवान साजन कुमालको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको थापाले बताए।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology