Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

जुवा अखडामा सिआइबी छापा, तीन युवतीसहित सात जना पक्राउ

जुवा अखडामा सिआइबी छापा, तीन युवतीसहित सात जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३, २०७९ सोमवार • १४:५३:१३ बजे
  • 478
    SHARES
  • जुवा अखडामा सिआइबी छापा, तीन युवतीसहित सात जना पक्राउ

    अनलाइन जुवा खेलाउने अखडामा छापा हानी प्रहरीले सातजनालाई पक्राउ गरेको छ ।

    images

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सूर्यविनायक–५ मा छापा मारी सञ्चालक र ६ कर्मचारीलाई पक्राउ गरेको हो ।

    सञ्चालक जोयल तामाङ तथा कामदारहरू सञ्जय श्रेष्ठ, कपिल श्रेष्ठ, मोनिका श्रेष्ठ, रूपाकुमारी पुलामी, प्रभातकिरण लोहनी र विनिता तामाङलाई पक्राउ गरेको हो । घर भाडामा लिई ६ महिनादेखि उनीहरूले मोबाइल एप्लिकेसनमार्फत अनलाइन जुवाको धन्दा चलाउँदै आएको सिआइबीका एसपी कमल थापाले बताए ।

    प्रारम्भिक अनुसन्धानमा उनीहरूले एक करोड १९ लाख ३१ हजार रुपैयाँबराबरको कारोबार भएको देखिएको छ । जुवा ऐनअन्तर्गत प्रहरीले उनीहरूमाथि कारबाही थालेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology