Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

काँकरभिट्टाका आँखा अस्पताल प्रायभारतीय नागरिककै भरपर्दो उपचार केन्द्र

काँकरभिट्टाका आँखा अस्पताल प्रायभारतीय नागरिककै भरपर्दो उपचार केन्द्र

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३, २०७९ सोमवार • १७:२९:२२ बजे
  • 619
    SHARES
  • काँकरभिट्टाका आँखा अस्पताल प्रायभारतीय नागरिककै भरपर्दो उपचार केन्द्र

    झापा । सीमा नाका काँकरभिट्टा आसपास क्षेत्रमा रहेका आँखा अस्पताल भारतीय नागरिकका लागि भरपर्दो उपचार केन्द्र बनेका छन् । ती अस्पतालमा दैनिकजसो भारतीय आँखाका बिरामीले नै भरिने गरेका छन् ।

    images

    मेचीनगर नगरपालिका–६ स्थित काँकरभिट्टामा मात्र रहेका तीनवटा आँखा अस्पतालको तथ्याङ्क केलाउँदा एक वर्षको अवधिमा सेवा लिने ६० हजारभन्दा बढी आँखाका रोगीमध्ये ८० प्रतिशत भारतीय रहेका पाइएको छ ।

    भारतका बिहार, झारखण्ड, आसाम, सिक्किम, नागल्याण्ड, मेघालय, वेष्ट बङ्गाललगायत स्थानबाट आँखा उपचारका लागि नेपाल आउने गरेका अस्पतालका सञ्चालक बताउँछन् ।

    सीमा क्षेत्रका अस्पतालमा आँखाका बिरामी नेपालीभन्दा बढी भारतीय हुने उनीहरुको भनाइ छ । अधिकांश मोतियाविन्दुका बिरामी उपचारका लागि भारतबाट धाएर आउने गरेको काँकरभिट्टास्थित दिव्यज्योति आँखा अस्पतालका प्रशासन प्रमुख सुरेश सापकोटा बताउछन् ।

    उनका अनुसार उक्त अस्पतालमा गत आर्थिक वर्षमा उपचार गराउने १४ हजार दुई सय ८३ मध्ये ८० प्रतिशत भारतीय नागरिक थिए । मेची अभियानका संयोजक विजय डालमिया नेपालमा आँखाको उपचार सस्तो र राम्रो भएको हुँदा भारतीय नागरिक बढी आउने गरेको बताउछन् ।

    ‘भारतमा आँखाका राम्रा राम्रा अस्पताल छन् तर सामान्य मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्दा भारतीय रु २० हजारसम्म तिर्नुपर्छ’, उनले भने, ‘नेपालमा सोको उपचार रु पाँच हजारसम्ममै हुन्छ ।

    भारतीय अस्पतालका तुलनामा उपचार नेपालमै सस्तो हुँदा उनीहरु यतै धाउँछन् ।’ संयोजक डालमिया अन्य रोगको उपचारका लागि भारत धाउने नेपाली धेरै भए पनि आँखाको उपचारमा भारतीय नागरिकलाई नेपालका अस्पतालले आकर्षण गर्न सकेकोमा खुशी व्यक्त गर्छन ।

    भारतसँगको खुल्ला सिमाना र आउतजावतमा समस्या नहुँदा पनि उपचार गर्न आउन उनीहरुलाई सजिलो भएको उनको भनाइ छ । अघिल्लो आवमा कोभिडका कारण भारतीय बिरामी नपाउँदा यी आँखा अस्पताल प्रायः सुनसान नै बनेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology