काठमाडौँको सडकमा आज नेपाली सेनाको जहाज गुडेको छ । नेपाली सेनाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गुडाउँदै दरबारमार्गस्थित नारायणहिटी संग्राहलय लगिएको हो ।
भीभीआईपी सेक्युरिटीमा पहिला राजसंस्थाले प्रयोग गर्ने नेपाली सेनाको जहाज नारायणहिटी संग्राहलय लगिएको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।
उनले भने, ‘जहाजको पार्टपुर्जा निकालेर गुडाउँदै लगिएको छ ।’ उनले भने, एभ्रो एयर क्राफ्टको जहाज सडकमा गुडाएरै आज रातिसम्म नारायणहिटी संग्रालय पुर्याइनेछ ।
गुडाउँदै लैजाने क्रममा तीनकुनेस्थित गैह्रीधाराको मोडमा जहाज ठोक्किएको छ । जहाजलाई पाँच भागमा विभाजन गरेर खोलिएको पौडेलले जानकारी दिए ।