Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दुई महिनामा डेंगुबाट २५ जनाको मृत्यु, २० हजार संक्रमित

दुई महिनामा डेंगुबाट २५ जनाको मृत्यु, २० हजार संक्रमित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ७, २०७९ शुक्रवार • ००:२३:३२ बजे
  • 517
    SHARES
  • दुई महिनामा डेंगुबाट २५ जनाको मृत्यु, २० हजार संक्रमित

    नेपालमा साउनयता मात्रै डेंगु संक्रमणबाट २५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर २५ जनाको मृत्यु भएको हो ।

    images

    मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर १९ हजार ७६६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जसमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा १४ हजार ८ सय ३२ जनामा डेंगु संक्रमण देखिएको छ ।

    यस्तै, लुम्बिनीमा २ हजा ७ सय ८, सुदूरपश्चिममा ६ सय ६३, प्रदेश १ मा ५ सय ८४ ,गण्डकीमा ४ सय ५१, मधेश प्रदेशमा २ सय ९९, कर्णालमा २ सय २९ जनामा संक्रमण देखिएको छ ।

    एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलो पटक २०६१ मा देखिएको थियो । हालसम्म देशभरका सात वटै प्रदेशका ७५ जिल्लामा डेंगु संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # २० हजार संक्रमित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology