Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपालको जनसंख्या तीन करोड ६ सय ३४ पुग्यो

नेपालको जनसंख्या तीन करोड ६ सय ३४ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १३, २०७७ शनिवार • ०८:४६:५० बजे
  • 3.3K
    SHARES
  • नेपालको जनसंख्या तीन करोड ६ सय ३४ पुग्यो

    नेपालको जनसंख्या तीन करोड नाघेको छ। जनसंख्या घडीअनुसार  नेपालको जनसंख्या ३ करोड नाघेको हो। केन्द्रीय तथ्यांक विभागको घडीमा शुक्रबार (असार १२ गते) नेपालको जनसंख्या तीन करोड ६ सय ३४ पुगेको छ। राष्ट्रिय जनगणना २०६८ को आधारमा यो जनसंख्या घडी निर्धारण गरिएको तथ्यांक विभागले जनाएको छ।  विभागका निर्देशक ढुण्डिराज लामिछानेका अनुसार अन्तर्राष्ट्रिय सिद्धान्तअनुसार राष्ट्रिय जनगणना २०६८ को तथ्यांकलाई टेकेर २०७८ सम्मको जनसंख्या पूर्वानुमान गरिएको हो।

    images

    ०६८ को तथ्याङ्कमा नेपालका कुल जनसंख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चार थियो। जनगणना ०६८ अनुसार ५१ दशमलव पाँच प्रतिशत महिला र ४८ दशमलव पाँच प्रतिशत पुरुष छन्।

    नेपालका जनसंख्या वृद्धिदर १ दशमल ३५ प्रतिशत रहेको छ। नेपालमा आगामी जनगणना २०७८ मा हुँदै छ। तथ्यांक विभागका अनुसार पहिलो चरणमा २५ वैशाख ०७८ देखि १५ जेठसम्म सुपरीवेक्षकले घरपरिवार सूचीकरण गर्नेछन्। दोस्रो चरणमा गणकहरू मार्फत २५ जेठदेखि १५ दिनसम्म मुख्य प्रश्नावली र सामुदायिक प्रश्नावलीमा केन्द्रीत भएर जनगणना हुने छ।

  • सम्बन्धित विषय:

  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology