Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सिन्धुपाल्चोकमा पहिरोले फेरि १८ घर पुरिए,

सिन्धुपाल्चोकमा पहिरोले फेरि १८ घर पुरिए,

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २८, २०७७ आइतवार • ०७:४३:५६ बजे
  • 1.7K
    SHARES
  • सिन्धुपाल्चोकमा पहिरोले फेरि १८ घर पुरिए,

    सिन्धुपाल्चोक, २८ भदौ । सिन्धुपाल्चोकमा बाढी-पहिरोको फेरि अर्को विपत्ति आइलागेको छ । गए राती पाउने तीन बजे गएकाे भीषणपहिरोले जिल्लाको बाह्रबिसे नगरपालिकाका नागपुजे, भिरखर्क र चाङसार भन्ने स्थानमा १८ घर बगाएको छ ।  ती घरका सबै बेपत्ताभएका छन् ।

    images

    भीरखर्कका १० र नाग पुच्छेका ८ घर तथा किम्बे गाउँ पहिरोले बगाएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराजन्यौपानेले जानकारी दिनुभएको छ । थप विवरण आउन बाँकी छ ।

    ठाडो खहरे खोलाको बाढीसँगै पहिरो गएको स्थानीय श्याम गोलेले बताउनुभयो । अहिले घटनास्थलमा प्रहरी जाँदै छ । स्थानीय खोजीकार्यमा जुटेका छन् ।

  • सम्बन्धित विषय:

  • # पहिरो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology