Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सप्तरीका दलित र असहायका लागि २४ घर निर्माण हुने

सप्तरीका दलित र असहायका लागि २४ घर निर्माण हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ८, २०७९ शनिवार • १०:००:१३ बजे
  • 349
    SHARES
  • सप्तरीका दलित र असहायका लागि २४ घर निर्माण हुने

    अतिविपन्न दलित, गरिब, असहाय र अपाङ्गता भएका परिवारका लागि २४ घर निर्माण हुने भएको छ ।

    images

    शम्भुनाथ नगरपालिकाका प्रमुख जितेन्द्रप्रसाद गुप्ताले वडानं २ स्थित कनकपट्टिमा आवास निर्माणको काम शुभारम्भ गर्दै आवासका कारण कसैले दुःख भोग्न नहुने बताए ।

    हाललाई तराई मधेस समृद्धि कार्यक्रम र वडा नम्बर २ ले विनियोजन गरेको बजेटबाट आवास निर्माण सुरुआत गरिएको जानकारी दिँदै उनले भने, ‘बाँकी अन्य लक्षित परिवारका लागि नगरपालिकाको बजेटबाट आवास निर्माणमा सहयोग गरिनेछ ।’

    नगरपालिकाका पाँच सय घरधुरीका लागि छानामा जस्तपाताको लागि सहरी विकास मन्त्रालयमा पहल भइरहेको उल्लेख गर्दै नगरप्रमुख गुप्ताले यस क्षेत्रमा आवासको कारणले कुनै पनि जनतालाई दुःख हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

    आवास निर्माण कार्यक्रमका लागि तराई मधेस समृद्धि कार्यक्रमको ४० लाख, वडानं २ कार्यालयबाट १५ लाख र ह्याविट्याट फर ह्युमानिटी नेपाल र महुली सामुदायिक विकास केन्द्रको ५५ लाख गरी कूल एक करोड १० लाख खर्च व्यहोरिएको छ ।

    दलित हरुवाचरुवाका लागि सामुदायिक आवास मोडेलको १४ घर र अतिविपन्न, गरिव, असहाय, असुरक्षित र अपाङ्गगता भएको १० परिवारका लागि हिल्टी मोडलको घर गरी २४ वटा घर निर्माण गरिने भएको छ ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले जनताको जीवनस्तर उकास्ने काममा सहयोगी संस्थासँग सहकार्य गरिने बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology