सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा पहिरो जाँदा कम्तिमा १८ घर पुरिएका छन् ।गएराति आएको पहिरोले भीरखर्क, नागपुजे र किम्बे गाउँमा ठूलो क्षति पुर्याएको छ ।
खहरे खोलामा बाढीसहित आएको पहिरोले घरहरु बगाएको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ राति करिब २ देखि ३ बजे तिर पहिरो गएको र पहिरोले बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागपुजे, भीरखर्कलगायतका स्थानमा पहिरो जाँदा १६ जना बेपत्ता भएका र एक जनाको शव फेला परेको स्थानीयले बताएका छन् ।
पहिरो प्रभावितलाई भेट्न सोही क्षेत्रका संघीय सांसद समेत रहेका सभामुख अग्निप्रसाद सापकोटा त्यसतर्फ प्रस्थान गरेका छन् ।