Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पाकिस्तानमाथि इङ्ग्ल्यान्डको सहज जित

पाकिस्तानमाथि इङ्ग्ल्यान्डको सहज जित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ८, २०७९ शनिवार • १०:०५:४३ बजे
  • 448
    SHARES
  • पाकिस्तानमाथि इङ्ग्ल्यान्डको सहज जित

    घरेलु टोली पाकिस्तानलाई तेस्रो खेलमा ६३ रनले पराजित गर्दै इङ्ग्ल्यान्डले सात टी-२० आई खेलमा २-१ को अग्रता बनाएको छ ।

    images

    २ सय २२ रनको लक्ष्य पछ्याएको पाकिस्तान २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रनमा समेटियो ।

    पाकिस्तानका शान मसुदले सर्वाधिक ६६ रन बनाए । यस्तै, खुसदिल शाहले २९ रनको योगदान गरे । इङ्ग्ल्यान्डका मार्क उडले ३ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको इङ्ग्ल्यान्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय २१ रन बनायो ।

    उसका बेन डुकेटले ७० तथा ह्यारी ब्रुक्सले ८१ रन बनाए । यस्तै, विल ज्याक्सले ४० रनको योगदान गरे । पाकिस्तानका उस्मान कादिरले २ विकेट लिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology