नेपाली रुपैयाँ झन् कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमय दरअनुसार मंगलबारका लागि एक अमेरिकी डलरबराबर १३० रुपैयाँ ९० पैसा रहेको छ ।
शुक्रबार एक अमेरिकी डलर बराबर १२९ रुपैयाँ ६८ पैसा थियो भने शनिबार, आइतबार र सोमबार १ डलरको १२९ रुपैयाँ ८९ पैसा थियो । नेपालले भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमय दर स्थिर राखेको छ ।
त्यसैकारण भारतीय मुद्रा कमजोर भएका कारण कारण नेपाली रुपैयाँमा पनि कमजोर भएको हो । यसअघि ५ साउनमा एक अमेरिकी डलरको विनिमय दर १२८.२९ पुगेको थियो ।
त्यसपछि विस्तारै घट्न थालेको अमेरिकी डलरको भाउ १ सय २६ रुपैयाँसम्म झरेको थियो ।
यो खबर आजको कारोबार दैनिकमा छापिएको छ ।