Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

नेपाल कुवेत सरोकार समाजको चौथो सांगीतिक धमाकाको सम्पूर्ण तयारी पूरा

नेपाल कुवेत सरोकार समाजको चौथो सांगीतिक धमाकाको सम्पूर्ण तयारी पूरा

चन्द्र गाेतामे

चन्द्र गाेतामे

आश्विन १२, २०७९ बुधवार • ००:५०:१५ बजे
  • 1.4K
    SHARES
  • नेपाल कुवेत सरोकार समाजको चौथो सांगीतिक धमाकाको सम्पूर्ण तयारी पूरा

    कुवेत - नेपाल कुवेत सरोकार समाजको आयोजनामा बडा दशैको अवसरमा हुन लागेको चौथो सांगीतिक धमाकाको सम्पूर्ण तयारी पूरा भएको छ ।

    images

    यहि आउँदो सेप्टेम्बर ३० तारिख शुक्रबारका दिन कुवेतस्थित इन्डियन सेन्ट्रल स्कुल जिलिब सोयकको सभा हलमा सो कार्यक्रम हुने भएको छ । चर्चित लोकप्रिय गायक तथा द भ्वाईस अफ नेपालका कोच प्रमोद खरेल र द भ्वाईस अफ नेपालकी प्रतिस्पर्धी मेचु धिमाल सांगीतिक कार्यक्रमका लागि सेप्टेम्बर २९ तारिख बिहान १० बजे कुवेत आईपुग्ने सचिब शान्त लम्सालले मयूरपाटीलाई जानकारी दिएका छन । साथै कलाकारको स्वागतका लागि सेप्टेम्बर २९ तारिख बिहान १० बजे एयरपोर्टमा उपस्थितको लागि लम्सालले अनुरोध गरेका छन ।

    कार्यक्रममा चर्चित लोकप्रिय गायक तथा द भ्वाईस अफ नेपालका कोच प्रमोद खरेल, द भ्वाईस अफ नेपालकी प्रतिस्पर्धी मेचु धिमाल र कुवेतमा कार्यरत स्थानीय कलाकारको प्रस्तुति रहने छ । नेपाल कुवेत सरोकार समाजले हरेक बर्ष हिन्दू धर्मावलम्बीहरुको महान चाड बडा दशैको अवसरमा बिशेष सांगीतिक धमाका गर्दै आएको छ । नेपाल कुवेत सरोकार समाजले प्रवासमा निरन्तर काममा व्यस्त हुने गीत संगीत प्रेमी नेपालीहरुका लागि सांगीतिक मनोरन्जन भरपूर रुपमा प्रदान गर्न चौथो सांगीतिक धमाका गर्न लागेको हो । प्रत्येक बर्ष सांगीतिक कार्यक्रम संगै सामाजिक कार्यमा पनि अग्रसर रहदै आएको छ ।

    कुवेतमा कृयाशिल विभिन्न संघ - सस्था, समाजसेवी, बुद्दीजिवी, भद्रभलादमी, व्यवसायी, पत्रकार, कलाकार लगायत नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई निमन्त्रणा गरिसकिएको जनाएको छ । यदी कुनै कारणवश निमन्त्रणा पत्र प्राप्त नभएको भए यसै समाचारलाई आधार मानि उपस्थितिको लागि अनुरोध गरेको छ । साथै कार्यक्रम स्थलसम्म जानको लागि यातायातको समेत निशुल्क ब्यबस्था गरिएको छ । बस छुट्ने समय र स्थान निम्न रहेको छ ।

    फाहहिलको ग्रेन्डहाईपरदेखि बिहानको ठिक  11:00  बजे  ।

    मंगाफको छाप्रा मस्जिददेखि बिहानको 11:30   बजे ।

    महाबुला गाता दुइदेखि 12:00  बजे ।

    सालमियाँदेखि 11: 30  बजे ।

    यातायातको लागि सम्पर्क फोन नम्बर 66472286 (टेन्डुप शेर्पा )

    सांगीतिक धमाका कार्यक्रम निम्न मिति सयम र स्थानमा हुनेछ ।

    मिति :- ३० सेप्टेम्बर २०२२ , शुक्रबार

    समय :- दिनको ठीक ११ बजे

    स्थान :- इन्डियन सेन्ट्रल स्कुल जिलिब सोयक कुवेत

    आयोजक :-  नेपाल कुवेत सरोकार समाज

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology