गायक सुन्दर परियार र गायिका हिरा नेपालीको परदेशी नेपालीको मार्मिक बेदना समेटिएको गीत 'परदेशीको पीडा' भिडियो सहित सार्वजनिक भएको छ ।
नेपालीहरुको महान चाड दसैँ र तिहारका बेलामा पनि आफ्नो गाउँघर आउन नपाएका परदेशी नेपालीको मार्मिक बेदना र मनको भावनालाई टपक्क टिपेर गीत र भिडियोमा राखिएको छ । अरबमा पचास पचपन्न डिग्रीको तातो रापमा रगत र पसिना बगाएर मालिकको हप्की दप्की खेप्दै काम गरिरहेको पीडालाई चित्रण गरिएको छ ।
गायक सुन्दर परियार र गायिका हिरा नेपालीको सुमधुर स्वर रहेको गीतको शब्द तथा लय सुन्दर परियारको रहेको छ । सुरेन्द्र लिम्बुको छायाँकन , विनोद बमको सम्पादन तथा श्याम विसीको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा हिरा नेपाली, दिनेश बैरागी , अस्मि, अलि , लक्ष्मी र शम्शेरको अभिनय रहेको छ । गीतको भिडियो हिरा ईनटरटेनमेन युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।