Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सल्यानमा जीप दुर्घटना हुँदा २ को मृत्यु, १७ जना घाइते

सल्यानमा जीप दुर्घटना हुँदा २ को मृत्यु, १७ जना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १५, २०७९ शनिवार • ०९:३४:२९ बजे
  • 652
    SHARES
  • सल्यानमा जीप दुर्घटना हुँदा २ को मृत्यु, १७ जना घाइते

    सल्यानमा दर्शनार्थी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् ।

    images

    सल्यानको खैराबाङ मन्दिरतर्फ दर्शन गर्न जाँदै गरेको रा१ज ५९८ नम्बरको जीप शनिबार बिहान पौने सात बजे कुमाख गाउँपालिका-७ जिमालीमा दुर्घटनामा भएको हो ।

    दुर्घटनमा परी मृत्यु हुनेमा कुमाख गाउँपालिका-७ का ३९ वर्षीय मानबहादुर पुन र १४ वर्षीया एनका पुन रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले बताए ।

    दुवैजनाको घटनास्थलमा मृत्यु भएको हो । जीप उकालो सडकमा ब्याक गर्ने क्रममा पल्टिएर १०० मिटर तल खसेको प्रहरीले जनाएको छ। गत बुधवारमात्रै सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको थियो ।

    बाँकेको कोहोलपुरबाट सल्यानका लागि छुटेको रा १ ज ५६३ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका– ३ मुलपानीमा दुर्घटना परेको थियो । दुर्घटनमा ८ जनाको घटनास्थल र एकजनाको उपचारको क्रममा मृत्यु भएको थियो ।

  • सम्बन्धित विषय:

  • # १७ जना घाइते
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology