Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सन्दीप लामिछाने आज काठमाडौँ ओर्लंदै, सीधै प्रहरी हिरासत जाने

सन्दीप लामिछाने आज काठमाडौँ ओर्लंदै, सीधै प्रहरी हिरासत जाने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २०, २०७९ बिहिवार • ०९:२७:२९ बजे
  • 526
    SHARES
  • सन्दीप लामिछाने आज काठमाडौँ ओर्लंदै, सीधै प्रहरी हिरासत जाने

    जबरजस्ती करणीको आरोप खेपिरहेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने आज काठमाडौँ फर्किंदै छन् ।

    images

    केही समयदेखि विदेशमा रहेका लामिछाने आज कतार एयरवेजको उडानबाट बिहान १० बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेका हुन् । उनले काठमाडौँ आएलगत्तै प्रहरीसामु आत्मसमर्पण गर्ने जानकारी दिएका छन् ।

    केही दिन अघि नै उनले आफू आज (अक्टोबर ६ तारिख)का दिन स्वदेश फर्किने र सम्बन्धित अख्तियारप्राप्त अधिरकारीसमक्ष आत्मसमर्पण गर्ने जानकारी फेसबुकबाट दिएका थिए ।

    उनले आफू निर्दोष रहेको र अनुसन्धानमा सबै तवरले सघाउने समेत बताएका छन् । क्रिकेट खेलकै क्रममा विदेशमा रहेको बेला गत भदौ २१ गते उनीविरुद्ध एक नाबालिकाले जबरजस्ती करणीको मुद्दा दर्ता गराएकी थिइन् ।

    त्यसलगत्तै प्रहरीले अदालतबाट पक्राउपूर्जी काटेर उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरिएको थियो । अब सन्दीप काठमाडाैँ पुगेलगत्तै प्रहरी हिरासतमा बस्नेछन् ।

    उनलाइ थुनामा राखेर नै प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाउनेछ ।

  • सम्बन्धित विषय:

  • # सन्दीप लामिछाने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology