Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बारा बस दुर्घटना अपडेटः मृतक १४ जनाको सनाखत

बारा बस दुर्घटना अपडेटः मृतक १४ जनाको सनाखत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २०, २०७९ बिहिवार • १८:४९:५३ बजे
  • 319
    SHARES
  • बारा बस दुर्घटना अपडेटः मृतक १४ जनाको सनाखत

    बारामा विहीबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु भएका १६ मध्ये १४ जनाको सनाखत भएको छ ।

    images

    मकवानपुरका प्रहरी प्रमुख वामदेव गौतमका अनुसार सनाखत हुनेमा बारा कलैया-२ का अन्दाजी ४०/४१ वर्षीय लिलाराज चौधरी, चितवन खैरहनी-५ बुडौलीका अन्दाजी ६३ वर्षीया नन्द कुमारी पुडासैनी र चितवनन कालिना नगरपालिका रमाइलोचोकका अन्दाजी १४/१५ वर्षीय सफल कँडेल रहेका छन् ।

    त्यस्तै, वीरगञ्ज-१६ का ६५ वर्षीय सोमप्रसाद चौरासिया, ३५/३६ वर्षीया मन्निदेवी चौरासिया र १९/२० वर्षका स्वस्तिका श्रेष्ठ, बारा कलैया-१० बस्ने अन्दाजी ३५-३६ वर्षीय नाजलिन खातुन, बारा जितपुर सिमरा-२२ का २८ वर्षीय सुरेश बिक, बारा कलैया-१० का अन्दाजी २५ वर्षीय इजाजत अन्सारी र ओखलढुंगाका लालबहादुर बोगटीको पनि सनाखत भएको छ ।

    गौतमका अनुसार चितवन खैरेनी-५ का ३५ वर्षीय मनोरथ पुडासैनी, गोर्खाका ३५ वर्षीया अम्बिका कँडेल र जनकपुर उपमहानगरपालिका-५ का ५० वर्षीय सन्तोष कुमार यादवको सनाखत भएको छ भने हेटौंडा अस्पतालमा रहेका २ मृतकको पहिचान खुल्न सकेको छैन ।

  • सम्बन्धित विषय:

  • # मृतक १४ जनाको सनाखत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology