Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मनाङमा हिमपात, पर्यटकलाई सुरक्षित स्थानमा बस्न आग्रह

मनाङमा हिमपात, पर्यटकलाई सुरक्षित स्थानमा बस्न आग्रह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २०, २०७९ बिहिवार • १९:०६:१३ बजे
  • 481
    SHARES
  • मनाङमा हिमपात, पर्यटकलाई सुरक्षित स्थानमा बस्न आग्रह

    मनाङमा वर्षासँगै हिमपात भएको छ । मनाङको ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको पूरै बस्ती ढाकिने गरी हिमपात भएको छ । हिमपात भएपछि स्थानीय घर बाहिर निस्किन सकिरहेका छैनन् ।

    images

    ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बुधबार रातीदेखि हिमपात भएको बताए । ‘बिहान हिउँ मात्रै परेको थियो । अहिले हिउँसँगै वर्षा भइरहेको छ’, उनले भने ।

    हुम्डेदेखि माथिल्लो क्षेत्रमा हिउँ परिरहेकाले चिसो ह्वात्तै बढेको उनले बताए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले हिउँ परेपछि पर्यटक मनाङमा नै रोकिएका बताए । मनाङ गाउँमा मात्रै ६० को हाराहारीमा बाह्य पर्यटक रहेको उनले जानकारी दिए ।

    थोराङ्ला पास (५,४१६ मिटर) तर्फ याकखर्क, लेदर, थोराङ्ला फेदी (बेसक्याम्प), हाइक्याम्पलगायतका स्थानमा डेढ सय पर्यटक रहेको अनुमान गरिएको छ ।

    तिलिचो ताल (४,९१९ मि)तर्फ खाङसार, श्रीखर्क, तिलिचो बेसक्याम्पलगायतका स्थानमा पनि पर्यटक रहेका छन् । ‘हिमपात र वर्षाका कारण पहिराको जोखिम रहेकाले पर्यटकलाई जहाँ बसोबास गरिएको छ ।

    सोही स्थानमा सुरक्षित बस्न र यात्रा नगर्न आग्रह गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी रवीन्द्र प्रसाद आचार्यले भने । नार्पाभूमि गाउँपालिकाको मेता (३,५६० मि.)देखि माथिल्लो क्षेत्र र मनाङ ङिस्याङ गाउापालिकाको हुम्डे (३,३०० मि.) देखि माथिल्लो क्षेत्रमा हिमपात भइरहेको उनले बताए । सदरमुकाम चामेदेखि नै डाँडाकाँडामा हिमपात भएको छ ।

    अविरल वर्षाका कारण बेँसीसहर–चामे सडकको खोत्रो, धारापानी, कोत्रो र तिमाङ क्षेत्रमा बाढीपहिराले सडकमा क्षति पु¥याएको छ । सडकमा पहिरो खसेपछि बुधबारदेखि नै यातायात अवरुद्ध छ ।

  • सम्बन्धित विषय:

  • # मनाङमा हिमपात
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology