Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

चन्द्रागिरिमा पहिरो, ध्यान केन्द्रसँगै ३ जना पुरिए

चन्द्रागिरिमा पहिरो, ध्यान केन्द्रसँगै ३ जना पुरिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २१, २०७९ शुक्रवार • ११:३३:४९ बजे
  • 409
    SHARES
  • चन्द्रागिरिमा पहिरो, ध्यान केन्द्रसँगै ३ जना पुरिए

    चन्द्रागिरि नगरपालिकाको २ नं वडामा आएको पहिरोले एकै परिवारका ३ जनालाई पुरेको छ ।

    images

    चन्द्रागिरि— २ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्रमाथिबाट पहिरो खसेर उक्त ध्यान केन्द्र पुरिएको हो ।

    ध्यान केन्द्र पुरिँदा त्यसभित्र रहेका ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी छोरी सारथी श्रेष्ठको मृत्यु भएको हो ।

    वडा अध्यक्ष भाइकृष्ण तामाङले मध्यरातमा पहिरो खसेको बताए । अविरल वर्षाका कारण उक्त पहिरो गएको हो । पहिरोमा पुरिएकाहरुको खोजी जारी रहेको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # चन्द्रागिरिमा पहिरो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology