Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मुगुमा पहिरो : ९ जना बेपत्ता, सयाैं विस्थापित

मुगुमा पहिरो : ९ जना बेपत्ता, सयाैं विस्थापित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २४, २०७९ सोमवार • १२:३१:४६ बजे
  • 517
    SHARES
  • मुगुमा पहिरो : ९ जना बेपत्ता, सयाैं विस्थापित

    मुगुको छायाँनाथ रारा नगरपालिकामा पहिरो पहिरोले परिएर ९ जना बेपत्ता भएका छन्।

    images

    लगातार चार दिनदेखिको वर्षाले सालिम गाउँ भन्दा माथिबाट पहिरो खसेपछि छायाँनाथ रारा नगरपालिका ८ झ्यारी गाउँका १० घर पूणर्रुपमा क्षति हुँदा ९ जना बेपत्ता हाे ।

    पहिराेका कारण डेढ सय परिवार विस्थापित भएकाे र विस्थापितलाई प्रभात माध्यमिक विद्यालय रोवामा राखिएको नगरपालिका-११ की वडाअध्यक्ष कुञ्जुमा कुमाइले जानकारी दिइन् ।

    नगरपालिकाकै वडा नम्बर ७ टोप्ला गाउँमा पहिरोले घर भत्किँदा २५ भेडासहित लाखौँको धनमाल नष्ट भएको छ। गमगढी बजारस्थित कालिका मालिका मन्दिर नजिक करिव २० घर पहिरोको उच्च जोखिममा छन्।

    सञ्चारविहीन हुँदा अन्य क्षेत्रको क्षतिको विवरण प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # मुगुमा पहिरो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology