Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कालिकोटमा मलामी गएका १५ जना सम्पर्कविहीन

कालिकोटमा मलामी गएका १५ जना सम्पर्कविहीन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २४, २०७९ सोमवार • १३:१५:५४ बजे
  • 415
    SHARES
  • कालिकोटमा मलामी गएका १५ जना सम्पर्कविहीन

    कालिकोटमा मलामी गएका १५ जना सम्पर्कविहीन भएका छन् ।

    images

    तिलागुफा नगरपालिकाको वडा नम्बर ४ राँचुली गाउँमा मलामी गएका उनीहरु आइतबारदेखि सम्पर्कविहीन भएका हुन् ।

    आइतबार दिउँसो १ बजेतिर मलामी गएका उनीहरु अझै सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । उक्त घटनाबारे प्रहरीलाई सोमबार आज बिहान ७ बजे मात्र खबर गरिएको कालिकोट प्रहरीले जनाएको छ ।

    कालिकोट प्रहरीका सूचना अधिकारी शुरेशराज बमका अनुसार अहिले प्रहरी घटनास्थलतर्फ गइरहेको छ । फोन सम्पर्क नहुँदा विस्तृत विवरण आएको छैन । घटनास्थलमा प्रहरी पुगेपछि मात्र थाहा हुने उनले बताए ।

    प्रहरी चौकी नाग्मगाड र खल्लागाडबाट दुई टोली घटनास्थलतर्फ पठाइएको उनले बताए । बाढी पहिरोका कारण बाटो अबरुद्ध भएका कारण प्रहरीले जेसिबी साथमा लिएर त्यसतर्फ गएको बमले बताए ।

    शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको मलामीमा तिला नदीमा गएका वडाध्यक्ष परमबहादुर शाहीसहितका १५ जना सम्पर्कविहीन भएका हुन् ।

  • सम्बन्धित विषय:

  • # १५ जना सम्पर्कविहीन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology