Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तस्बिर पोष्ट गर्दै करिश्मा सूर्जेकुमारीले पोखिन् एमालेप्रति असन्तुष्टि

तस्बिर पोष्ट गर्दै करिश्मा सूर्जेकुमारीले पोखिन् एमालेप्रति असन्तुष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २४, २०७९ सोमवार • १८:५५:३० बजे
  • 904
    SHARES
  • तस्बिर पोष्ट गर्दै करिश्मा सूर्जेकुमारीले पोखिन् एमालेप्रति असन्तुष्टि

    नेकपा एमालेको टिकट वितरणलाई लिएर अभिनेत्री करिश्मा मानन्धर उर्फ सूर्जेकुमारीले असन्तुष्ट व्यक्त गरेकी छन् । स्थानीय तह निर्वाचन ताका एमालेमा प्रवेश गरेकी करिश्माले फेसबुका लेखेकी छन्- विद्रोह नगर्ने स्वभाव रह्यो ।

    images

    नगर्दा पनि भगवानले सबै दिए, तर आज महसुस हुँदैछ । बन्द कोठामा बस्नुभन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो ।’ उक्त पोस्ट सँगै करिश्माले आफ्नो कामुक तस्बिर पोस्ट गरेकी छन् ।

    एमालेमा प्रवेश गरेपछि ‘सूर्जेकुमारी’का रुपमा चर्चामा आएकी करिश्माको उक्त स्टाटसले एमालेभित्र चुनावको टिकट वितरणमा उनको असन्तुष्टि झल्किन्छ । आफू मतदाता रहेको ललितपुर क्षेत्र नम्बर १ का एमाले उम्मेदवार नवराज सिलवालको तस्वीर समेत पोस्ट गरेकी छन् । करिश्माको उक्त पोस्टमा आशिका तामाङले कमेन्ट गरेकी छन्, ‘स्वतन्त्रबाट उठ्नुप¥यो ।’ उक्त पोस्टमा अभिनेत्री सञ्चिता लुइँटेलले ‘लभ रियाक्ट’ गरेकी छन् ।

    अन्य प्रयोगकर्ताले कमेन्टमार्फत टिकट नपाएको गुनासोको सन्दर्भ जोडेका छन् । आफ्नै टाइमलाइनमा पोस्ट भएको ‘स्वतन्त्रबाट उठ्नुप¥यो’ भन्ने पोक्ष्टलाई करिश्माले लाइक हानेकी छन् । सायद करिश्मालाई एमालेले समानुपातिकबाट उठाउने अपेक्षा गरेकी थिइन् ।

    मनोनयन दर्ता गर्ने दिन बिहान आइतबार सारीमा सजिएकी करिश्माले अर्को पोस्ट गरेकी छन्, ‘म जनताको मात्र मान्छे हुँ । म करिश्मा मानन्धर भनेर चिनारी दिने नेकपा एमालेलाई धन्यवाद, अब सुरुवात हो ।’ यसबाट उनी एमालेबाट असन्तुष्ट छिन् भन्ने स्पष्ट हुन्छ ।

    डा बाबुराम भट्टराईको तत्कालीन नयाँ शक्ति पार्टीबाट राजनीतिमा होमिएकी करिश्माले एमालेमा प्रवेश गरेपछि भनेकी थिइन्, ‘मलाई एमालेको राजनीतिक गर्नकै लागि जन्मेकी हुँ जस्तो लाग्छ किनकि मेरो नाम नै सूर्जेकुमारी हो ।’

    यतिमात्र होइन, त्यसबेला एमालेका अध्यक्ष केपी ओलीलाई उनले ‘राजनेता’को संज्ञा दिँदै भनेकी थिइन्, ‘मलाई कमरेड केपी ओलीकाे राजनीतिक व्यक्तित्वदेखि भाषणशैलीबाट प्रभावित छु । त्यसैले आजदेखि एमाले भएकी हुँ ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology