Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

करेन्ट लागेर पर्सामा २ जनाको मृत्यु

करेन्ट लागेर पर्सामा २ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २५, २०७९ मंगलवार • १३:४४:३३ बजे
  • 541
    SHARES
  • करेन्ट लागेर पर्सामा २ जनाको मृत्यु

    पर्सामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । सोमबार बेलुका वीरगंज–२६ मा घरमा प्लास्टर गर्ने क्रममा धोबिनी–३ हरिहरपुरका सैफुल्ला अंसारीको मृत्यु भएको हो ।

    images

    विद्युत्काे पोलको तारमा अचानक करेन्ट लागी उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । त्यसैगरी वीरगंज–९ रानिघाटका ६० वर्षीय ६० धुवप्रसाद साहको मृत्यु भएको छ ।

    वीरगंज–८ बसपार्कस्थित शत्रुधन सराफको घरको छाना सफा गर्ने क्रममा करेन्ट लाग्दा भुईमा लडी घाइते भएको र तत्कालै उपचारको लागि आसाराम अस्पतालमा वीरगंज पठाइएकोमा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology