Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

१३ मलामी पहिरोमा परी बेपत्ता भएपछि राँचुली गाउँ शोकमग्न

१३ मलामी पहिरोमा परी बेपत्ता भएपछि राँचुली गाउँ शोकमग्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २६, २०७९ बुधवार • १८:१६:१७ बजे
  • 508
    SHARES
  • १३ मलामी पहिरोमा परी बेपत्ता भएपछि राँचुली गाउँ शोकमग्न

    कालीकोटको तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा असोज २३ गते दिउँसो २ बजे मलामी गएका १३ जना पहिरोमा परी बेपत्ता भएपछि राँचुली गाउँ शोकमा डुबेको छ ।

    images

    कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार राँचुली गाउँभन्दा तल तिला नदी किनारस्थित भाडी खोलाको घाटमा दाहसंस्कार गर्दै गरेको अवस्थामा उक्त खोलामा पहिरो आई १३ जनालाई बेपत्ता बनाएको हो ।

    त्यस्तै, कालीकोटको मान्म खाँडाचक्र नगरपालिका–८ सेरावाडा प्रहरी चौकीमा कार्यरत जुम्ला तातोपानी गाउँपालिका निवासी एकजना प्रहरी जवानको सोमबार खोला तर्ने क्रममा मृत्यु भएको छ ।

    असोज २३ गते तिलागुफा नगरपालिका–७ कालीकोट बालीस्थित पहिराले घर भत्किँदा पाँचजना बेपत्ता भएका छन् । चङ्खेली गाउँपालिका–५ हुम्ला मेल्छाममा असोज २३ गते आएको पहिराले घर भत्किँदा चारजनाको ज्यान गएको छ ।

    सोमबार आएको पहिराले घर पुरिँदा मुगु रारा छायाँनाथ नगरपालिका–११ सालिम बस्तीमा आठजनाको मृत्यु भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । एकजना डोल्पासहित जुम्लामा १० जनाको यो विपद्बाट मृत्यु भएको छ ।

    डुङ्गेश्वर गाउँपालिका– ५ दैलेखका एक व्यक्ति बेपत्ता भई २३ गते खोला किनारमा मृतावस्थामा भेटिएका थिए ।

    दैलेखसहित साबिक कर्णालीका पाँचै जिल्ला गरेर अहिलेसम्म ४२ जनाको मृत्यु तथा बेपत्ता भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । विपद्कै कारण कर्णालीमा अर्बौंको क्षति भएको जनाइएको छ ।

  • सम्बन्धित विषय:

  • # राँचुली गाउँ शोकमग्न
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology