Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
images

युक्रेनको पक्षमा नेपालको मतदान

युक्रेनको पक्षमा नेपालको मतदान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २७, २०७९ बिहिवार • ०९:४६:३६ बजे
  • 262
    SHARES
  • युक्रेनको पक्षमा नेपालको मतदान

    संयुक्त राष्ट्रसंघको साधारणसभामा १ सय ४३ देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भत्र्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् । नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको छ ।

    images

    बुधबार भएको मतदानमा ५ देशले मात्रै विपक्षमा मतदान गरेका छन् । यसैगरी ३५ देश मतदानको समयमा अनुपस्थित थिए ।

    उक्त प्रस्तावमा भनिएको छ,– ‘रुसले अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्र तथाकथित रुपमा गरिएको जनमत संग्रहको निन्दा गर्दछौँ । साथै संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र र संगठनले युक्रेनको सीमा परिवर्तनलाई मान्यता दिने छैन ।’

    उक्त प्रस्तावमा रुसले तुरुन्त र बिना शर्त निर्णय फिर्ता लिनसमेत माग गरिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology