Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

राप्तीकाे कटानले दर्जन गाउँ जोखिममा

राप्तीकाे कटानले दर्जन गाउँ जोखिममा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २७, २०७९ बिहिवार • १०:०८:५० बजे
  • 415
    SHARES
  • राप्तीकाे कटानले दर्जन गाउँ जोखिममा

    बाँकेको देउपुरासहित दर्जन गाउँ बाढीको जोखिममा छन् । राप्तीको बाढी तटबन्ध भत्काएर बस्तीतर्फ पसेपछि स्थानीयको भोक–निद्रा हराएको छ । बाढीले बगाउने डरले ५ दिनदेखि आफूहरु गस्तीमा खटिएको स्थानीय फारुक अलि शेषले बताए ।

    images

    नदी बस्तीतिर पसेर बगाउने डरले गाउँका कोही पनि राति सुत्न नसकेको उनको भनाइ छ । बाढीले तटबन्धमाथिको बाटोसमेत भत्काइ सकेको छ । बढीले दर्जनौं बिगामा लगाएको धानबाली नष्ट गरिसकेको छ ।

    राप्तीले देउपुरानजिकै तटबन्ध कटान तीव्र पारेको छ । कटानका कारण देउपुरा, पिप्रहवा, खल्लाझगडिया, गेँदुवा, गंगापुर, सोनवर्सा, खुदरवेटवा, कुँडुवा बस्ती उच्च जोखिमा छन् ।

    वडा नम्बर ७ सँगै ५ र ६ मा पनि तटबन्धसँगै बाढीले घरखेत नै बगाइरहेको छ । भोजभगवानपुर बस्ती सबैभन्दा जोखिममा छ । नदीको बाढी बस्तीनजिकै पुगेको छ । उर्वर भूमि बगरमा परिणत भएको छ ।

    पाकेर भित्र्याउने बेलाको सयौं बिघा धानबाली पूरै नष्ट भएको छ । नरैनापुरमा बाढी तथा डुबानबाट ३ हजार घर प्रभावित भएको र २ सय घर पूर्ण रूपमा क्षति भएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए ।

  • सम्बन्धित विषय:

  • # दर्जन गाउँ जोखिममा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology