Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
images

एनआरएनए विधान सर्वसम्मतले पारित

एनआरएनए विधान सर्वसम्मतले पारित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २७, २०७९ बिहिवार • १३:१८:३६ बजे
  • 220
    SHARES
  • एनआरएनए विधान सर्वसम्मतले पारित

    गैरआवासीय नेपाली संघ (एनआरएनए) को साधरणसभाले विधानको मस्यौदालाई सर्वसम्मतले पारित गरेको छ। गैरआवासीय नेपाली संघका अध्यक्ष डा। बद्री केसीका अनुसार संघको साधारणसभाको अन्तिम दिन बुधबार राति निर्वाचन प्रक्रिया र प्रतिनिधि छनोटमा रहेको विवाद टुंगो लागेको हो ।

    images

    एनआरएनए साधारण सभाबाट पारित विधान परराष्ट्र मन्त्रालयले स्वीकृति दिएपछि लागू हुने विधान समितिका संयोजक तथा संघका उपाध्यक्ष डा. हेमराज शर्माले जानकारी दिए । संशोधित विधानअनुरुप संघको ११औं महाधिवेशनको निर्वाचन अनलाइन तथा प्रत्यक्ष (काठमाडौं) हुने भएको छ ।

    संशोधित विधानमा प्रतिनिधि छनोट प्रक्रिया यथावत् राखिएको छ । यसअघि विवादमा रहेको प्रतिनिधि छनोटको प्रतिशतको संख्या हटाइएको छ। यसअघि ६५ प्रतिशतबाट चयन हुने प्रतिशतको संख्या अब शतप्रतिशत बनाइएको छ ।

    २५ र १० प्रतिशत प्रतिनिधिको प्रावधान खारेज गरिएको छ । संघको निर्वाचनमा उमेदवार, तीनका समर्थक र प्रस्तावक तथा आइसीसी सदस्यलाई काठमाडौं अनिवार्य रूपमा उपस्थित हुनुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ।

    संघका अध्यक्षहरु रविना थापा, कुल आचार्य र डा. बद्री केसीले आपसी सहमतिमा अन्तिम रूप दिएर ल्याइएको विधानलाई संघले अन्तिम रुप दिएको हो ।

    आइसीसीका महाचसिव केशव पौडैलका अनुसार संशोधित विधानमा प्रत्यक्ष र अनलाइन दुबै माध्यमबाट भोट गर्न सकिने छ। यसअघि संघको विधान समितिले सर्वसम्मतले सो संशोधन प्रस्ताव साधारणसभामा पेस गरेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology