ओमानमा रहेका २४ वटा नेपाली सँस्था र नेपाली दूतावास ओमानले ओमानमा पहिलोपटक तिहार कार्यक्रम सयुक्त रुपमा आयोजना गरेका छन ।
सायद यो नै पहिलो कार्यक्रम होला बिदेशमा सबै नेपाली संघ संस्थाहरुले मिलेर सयुक्तरुपमा आयोजना गर्न लागेको यो कार्यक्रम,ओमानमा समाजसेवा गर्ने उद्देश्यले स्थापना भएका संस्थाहरुले २८ अक्टोबर शुक्रबारको दिन सिटि फार्म हाउस सिव मस्कटमा बिहान ११ बजे देखि कार्यक्रमको आयोजना गरेको गैरआवासीय नेपाली सोसल क्लब ओमानका अध्यक्ष विकल झाले जानकारी दिनु भयो । हामिले यस्तो कार्यक्रम राख्ने योजना पहिला देखिनै बनाएको थियौ तर समय र संवाद, कोरोनाको कारणले गर्दा पछिल्ला वर्षहरुमा सम्भावना भएन । यो पटक हाम्रो प्रयास सफल भएको छ । साथै कार्यक्रममा विभिन्न खेलको पनि आयोजना गरिएको छ, खेलमा प्रथम हुनेलाई पुरस्कार व्यवस्था रहेको छ ।
यस कार्यक्रममा नेपाली संस्था मात्रै नभएर ओमान स्थित नेपाली दूतावास पनि आयोजनामा सहभागी रहने जानकारी दिएको छ । दूतावासले यो निकै महत्त्वपूर्ण कार्यक्रम रहेको र प्राय धेरै भन्दा धेरै नेपाली उपस्थित हुने भएको हुदा नेपालीहरु समस्या र सम्भावनाको बारेमा बुझ्न सहज हुने दूतावासले जानकारी दिएको छ ।
त्यस्तै नेपाली जनप्रगतिशिल मञ्च ओमानका अध्यक्ष उमेश विश्वकर्माले सयुक्त रुपमा आयोजना गर्न लागिएको कार्यक्रम निकै सकारात्मक रहेको र यसले नेपालीहरु जहाँ रहेपनि आफ्नो देशको कला संस्कृतिलाई जगेर्ना गर्ने बताउनु भयो ।
हाम्रो प्रशमा २४ वटा संस्थाका प्रमुखहरुको संस्थाको जानकारी सहित उहाँको विचार जस्ताको तस्तै प्रस्तुति गरेका छौ ।
गैरआवासयि नेपाली सोसल क्लब ओमानका अध्यक्ष विकल झा भन्नूहुन्छ ।
मुलभुत रुपमा नेपालीका लागि नेपाली भन्ने नाराका साथ स्थापति नेपालीहरुको बिश्वव्यापी संस्था गैरआवासीय नेपाली संघको ओमान च्याप्टर एबं ओमानमा स्थानिय निकायमा दर्ता भएको संस्था गैरआवासीय नेपाली सोसल क्लब ओमान नेपाल सरकारको परिभाषा अनुसार नै नेपालीहरुको साझा संस्था हो र सोहि अनुरुप क्षेत्रीय, धार्मिक, सांस्कृतिक एबं राजनितिक रुपमा निबार्ध रहि नेपालीहरुको सेवा हामी नेपालीले नै गर्ने भन्ने उदेश्यका साथ सन् २००९ मा स्थापना भएर सन् २०१७ मा ओमानमा दर्ता भएको संस्था हो ।
स्थापना काल देखिनै अनव्रत रुपमा ओमानवासी नेपालीहरु समस्यामा तथा नेपालमा गर्न सकिने यथाशक्य सहयोग गर्दै समस्यारत नेपालीहरुलाई राहत प्रदान गरेका छौं । संस्कृति जर्गेना, खेलकुद, जनचेतनामुलक कार्यहरु लगाएतका नियमित कार्यक्रमका अलवा बैदेशिक रोजगारकिा बिभिन्न समस्याहरुलाइ सिधा एबं अन्तर्राष्ट्रिय समन्वय परिषद मार्फत नेपालको पोलिसि मेकिङ्गबाट नै सम्वोधन गराई बैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित र सम्मानित बनाउने कोशिस गरेका छौ र हाम्रा धेरै पहलहरुले सकारात्मक निकाश पनि पाएका छन् । यस संगै बैदेशिक रोजगारी पश्चातको नेपाल बसाई सहज बनोस् भन्ने उदेश्यका साथ नेपाल सरकारको मातहतमा रहने गरि बैदेशिक रोजगार सामाजिक सुरक्षा कोषको पहल पनि गरेका छौ ।
गैरआवासीय नेपाली संघका एजेन्डा तथा कार्यहरुले बिभिन्न समयमा बिश्वभरका नेपालीहरुलाई ध्यानाकर्षण गराएको छ, यस्तै मध्यको एक कार्य थियो कोरोना महामारीमा पठाईएको अक्सिजन सिलिन्डर, नेपाली राजदुतावास मस्कट ओमान र ओमानमा रहेका नेपाली संघ संस्था तथा ओमानवासी नेपालीहरुको गजब एकताका साथ हामिले मध्यपूर्वका एन.आर.एन हरु संग पनि सहकार्य गरि उक्त संकटको घडिमा निकै नै महत्वपुर्ण कार्यलाई सफल बनाएका थियौं ।
कोरोना संकटमा जसरी एकबद्धभई देश र जनताको लागि योगदान गरेका थियौ त्यसरी नै सबै कार्यक्रमहरुमा सबैको साथ र सहयोगको अपेक्षा गरेका छौ । सबैको सहभागिता पनि चाहन्छौं । हामिबिचको एकताले नेपाल र नेपालीको लागि धेरै कार्यहरु गर्न सकिने प्रमाणित भई सकेको छ । यसर्थ नेपाली चाडपर्बहरुलाई पनि सबै नेपालीहरुका साथ खुशी बाड्दै मनाउने उदेश्य स्वरुप ओमानमा रहेका सम्पूर्ण संघसंस्थाहरुको संयुक्त आयोजनामा कार्यक्रम आयोजना गर्न गईरहेका छौ र यस कार्यक्रममा ओमानमा रहेका र कार्यक्रममा उपस्थित हुन सम्भव हुने सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ र कार्यक्रममा भेट हुने वाचा सहित धन्यवाद ।
जनसम्पर्क समिती ओमानका अध्यक्ष सालिक राम चापागाई भन्नुहुन्छ ।
सामाजिक सेवा भाबले ओतप्रोत भएका तथा नेपाली कांग्रेसको "राष्टियता, लोकतन्त्र, समाजवाद" को विचार र सिद्धान्तलाई अंगिकार गर्दै ओमानमा रहनु भएका विभिन्न ब्याक्तिहरुको सक्रियतामा २०१५ सालमा नेपाली जनसम्पर्क समितीको स्थापना भएको हो।
यस संस्थाले ओमानमा रहेका नेपालीहरुलाई वैचारिक आस्थाको रुपमा एकत्रित गर्दै आर्थिक रुपले, मानवीय रुपले सबैलाई समान रुपले सहयोग गर्दै आएको छ। त्यसै गरि दुखमा परेका नेपालीहरुको उद्दार गर्ने काम पनि गर्दै आएको छ।
नेपाली जनसम्पर्क समितिको पर्देशमा मात्रै नभएर नेपालमा पनि पर्यटन प्रबर्द्धन गर्ने काम पनि गरेको छ। त्यसै गरि निम्न आर्थिक अबस्था भएका दीन, दुखी पीडितहरुलाई पनि मानवीय र आर्थिक रुपले सहयोग गर्दै आएको छ। साथै अन्य विभिन्न कामहरुमा नेपाल र नेपालीहरु प्रती समर्पित भएर कार्यहरु गर्दै आएको छ।
यसै गरि प्रवासमा रहेर पनि नेपाली भाषा, कला र संस्कृतिलाई जगेर्ना र उत्थान गर्ने उदेश्यको साथ दिपावली (तिहार) बिशेष कार्यक्रम हुन गैरहेको छ। जुन ओमानमा पहिलो पटक यहाँ स्थापित र कृयाशिल रहेका संस्थाहरु मिलेर आयोजना गर्न लागिएको छ।
यसमा हाम्रो संस्था पनि एक उत्प्रेरणाको रुपमा सहभागी रहेको छ। यस्तो कार्यक्रमको योजना नेपाली जनसम्पर्क समितीको पहिलेदेखि नै थियो र अहिले मुर्तरुप लिएको छ।हामिले बैचारिक सस्थाहरुको एउटा सम्युक्त कार्यक्रम गरिसकेका पनि छौ। यसको लागि सबै संस्थाहरुप्रती जनसम्पर्क समिति ओमान अत्यन्तै आभारी छ।
यो किसिमको कार्यक्रम ओमानमा मात्र नभएर बिश्वमा नै पहिलो हो जस्तो लाग्छ। त्यस कारण यस कार्यक्रमलाई सब्य र भब्य रुपमा सम्पन्न गर्न हामी लागि परेका छौँ। अत: सम्पुर्ण ओमानबासी नेपाली दिदिबहिनी तथा दाजुभाइहरुलाई कार्यक्रममा सहभागी भएर एउटा नेपालीको पहिचान, नेपाली परम्परा तथा रितिरिवाज र नेपालीको मुख्य चाडको रुपमा रहेको तिहार दिपावलीलाई सफलता पुर्बक एउटा नमुना कार्यक्रमको रुपमा सम्पन्न गर्नको लागि सबैको साथ र सहयोगको पनि अपेक्षा गर्दछौ।
नेपाली जनप्रगतिशिल मञ्च ओमानका अध्यक्ष उमेश विश्वकर्मा भन्नुहुन्छ ।
२४ वटा संस्थाले सयुक्त रुपमा आयोजना गर्न लागिएको कार्यक्रम निकै सकारात्मक रहेको र यसले नेपालीहरु जहाँ रहेपनि आफ्नो देशको कला संस्कृतिलाई जगेर्ना गर्ने बताउनु भयो । नेपाली जनप्रगतिशिल मञ्च मजदुरहरुको हकहित र अधिकार प्राप्तिको लागि विश्व भरिनै माओवादी केन्द्रको प्रवास संगठनको रुपमा स्थापना भएको हो ।
संगठनले प्रवासमा पीडित धेरै नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको न्यायको लागि आवाज,साथ सहयोग,उद्धार गर्दै आएका छ ।
साथै यहाँ स्थापित सम्पुर्ण संगठनहरु सँग सामाजिक तथा सामुहिक मुद्धाहरुमा भावनात्मक सहकार्य सँगै,देशमा भैपरी आउने प्राकृति बिपत्तिहरुमा आर्थिक नैतिक भौतिक साथ सहयोग गर्दै रास्ट्रको हितमा आवाज बुलन्द र र्राष्ट्रिय सवालमा आम नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई प्रशिक्षण तथा गोल्बद्ध गर्दै जानू हाम्रो मुख्य उदेश्य र आस्थाका विभिन्न निर्देशन वा सरकुलर नियमित कार्यन्वयन सहित ,असत्यलाई प्राजित र यथार्थलाई जनहितमा संप्रेशन गरि जुजारु हुँदै आएका छौं । उहाँले ओमानमा रहेका नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई उपस्थिति भएर कार्यक्रम सफल पारिदिनुहुन पनि हार्दिक अनुरोध गर्नु भयो ।
ओमान नेपाली एकता समाजका अध्यक्ष छविलाल बस्नेत भन्नूहुन्छ ।
हामी जुन किसिमले तिहार कार्यक्रम सयुक्त गर्ने भनेर हामि अघि बढेका छौ । त्यस्ले पक्कै पनि सकारात्मक सन्देश दिनेछ । हामि प्रवासमा जुन जुन नामले स्थापित भएर संघसंगठनमा आबद्ध हुन्छौं ति सबै संघसंगठनको मुख्य उदेश्य भनेको समाज सेवानै हो । त्यसैले हामि त्यति धेरै लड्नु पर्छ जस्तो मलाई लाग्दैन । हामि २-४ सस्था मिलेर बिगतमा पनि कार्यक्रम गरि राखेको थियौ तर अहिले सम्पुर्ण सस्था मिलेर गर्न पाउदा खुसि लागेको छ । नेपालका विभिन्न चाड पर्बहरु तथा मजदुरहरुका विशेष दिनहरु यसरि नै सयुक्तरुपले मनाउन सबैले आ आफ्नो स्थान बाट पहल गर्न आवश्यक छ । सबैले सबैको सह अस्तित्व लाइ स्वर्काने हो भने त्यो सम्भब छ । हामिले कार्यक्रम पुर्णरुमा निशुल्क गरेको छौ । सम्पूर्ण ओमान वासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लाई कार्यक्रमको लागि चुले निम्तो यसै मिडिया मार्फत अनुरोध गर्दछु ।
तमु समाज ओमानका अध्यक्ष पुर्ण तमु भन्नूहुन्छ ।
तमु समाज ओमान, ओमानमा हामी तमु समुदायको मौलिक भेष- भुषा, भाषा, धर्म, कला र संस्कृतिको जगेर्ना र निरन्तरता सहित सामाजिक सेवा भाबका साथ स्थापित प्रबासी नेपाली तमुहरुको साझा जातिय सामाजिक संस्था हो, हामी यहि उद्धेश्यका साथ ओमानमा क्रियाशिल र सक्रियताका साथ संस्थागत रुपमा आफ्नो भुमिकाहरु निर्बाह गर्दै आइरहेका छौं ।
तिहार कार्यक्रमका सम्बन्धमा, ओमानमा विभिन्न उद्धेश्यका साथ स्थापित संघ, संस्थाहरुको सामाजिक अभियानहरुमा भएको एकता, भुमिका र समन्वयता अत्यन्तै नमुना योग्य छ, हामिले यस पाला तिहार, दिपावली कार्यक्रम सबै संघ- संस्थाहरुको संयुक्त आयोजनामा भब्यताका साथ सम्पन्न गर्न गइरहेको छौ ।
यसलाई एक अर्थमा: सदभाबको चाडको रुपमा मनाउन गइरहेको छौ, हाम्रो देश नेपाल र नेपाली समुदाय सांस्कृतिक हिसाबले अनुपमता बोकेको देश समुदाय रहेको छ, हाम्रो हरेक धार्मिक एबम सांस्कृतिक चाडपर्बहरुको धार्मिक मूल्य मान्यता आफ्नो ठाउँमा छ ।
तर सबै चाड पर्बहरु लाई सदभाबको चाडको रुपमा बिकास गर्न सकियो भने अत्यन्तै सकारात्मक र सुखद हुन्छ भन्ने लाग्छ, यो संयुक्त सांस्कृतिक कार्यक्रम अत्यन्तै नयाँ अभ्यास र प्रयोग हो यसले हामी बिचको सदभाब, सम्मान, आत्मियता र भातृत्व ,भाइचार पुर्ण सम्बन्धको थप बलियो बिकास गर्ने छ भन्ने आशा लिएको छौ । यद्यपि: हामिले विभिन्न सामाजिक अभियानहरु संयुक्त रुपमा गर्दै आइरहेका छौ । यो कार्यक्रम श्रृङखला बद्ध रुपमा गर्दै आइरहेको संयुक्त सामाजिक कामहरु बाट नै सिर्जना भएको सांस्कृतिक रुप पनि हो, जुन कार्यक्रमलाई हामिले सबैले एकताबद्ध भएर अपनत्व ग्रहण गरेका छौ, संयुक्त सामाजिक कामहरुको पुनरावृत्ति सांस्कृतिक हिसाबले पनि थालनि गर्यौ भन्ने लाग्छ ।ओमानमा रहनु भएका सम्पुर्ण प्रबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई उक्त कार्यक्रम सहभागी भइ कार्यक्रम भब्यताका साथ सफल पारिदिनु हुन अनुरोध गर्दछु ।
नेपाल मगर संघ ओमनका अध्यक्ष गोमसारु मगर भन्नूहुन्छ ।
भेषभुषा भाषालिपि संस्कार संस्कृति हाम्रो अभियान मगर जातीयताको मुल पहिचान ।ओमानमा हाम्रो मगर समुदायको मौलिक भेषभुषा, भाषालिपि संस्कार धर्म, कला र संस्कृतिको जगेर्ना र पहिचानको संदेश दिदै निरन्तरता सामाजिक सेवा भावका साथ स्थापित प्रबासी ओमन मगरहरुको साझा जातिय सामाजिक संस्था हो ।दुखी पीडितमा परेका मगर गैर मगर अन्यलाई पनि धेरै थोरै सहयोग गर्ने यहि उद्धेश्यका साथ ओमानमा क्रियाशिल र सक्रियताका साथ संस्थागत रुपमा आफ्नो भुमिकाहरु निर्बाह गर्दै आएकाछौं ।
कार्यक्रमको विषयमा ओमानमा विभिन्न उद्धेश्यका साथ स्थापित संघ संस्थाहरुको सामाजिक अभियानहरुमा भएको एकता, भुमिका र समन्वयता अत्यन्तै नमुना योग्य छ । हामीले तिहार कार्यक्रम सबै संघ संस्थाहरुको संयुक्त आयोजनामा भब्यताका साथ सम्पन्न गर्न गइरहेको छौ । नेपाल र नेपाली समुदाय सांस्कृतिक हिसाबले सौर्न्दर्यता बोकेको देश हो ।
धार्मिक तथा सांस्कृतिक चाडपर्बहरुको धार्मिक मूल्य मान्यता आ आफ्नो ठाउँमा छ । तर सबै चाड पर्बहरुलाई सदभावको चाडको रुपमा बिकास गर्न सकियो भने अत्यन्तै सकारात्मक र सुखद हुन्छ भन्ने लाग्छ यो संयुक्त सांस्कृतिक कार्यक्रम अत्यन्तै नयाँ अभ्यास र प्रयोग हो । यसले हामी बिचको सदभाव सम्मान आत्मियता र भातृत्व भाइचार पुर्ण सम्बन्धको थप बलियो बिकास गर्ने छ भन्ने आशा लिएको छौ ।
ओमानमा रहनु भएका सम्पुर्ण ओमनवासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई यस कार्यक्रममा सहभागी भइ कार्यक्रम भब्यताका साथ सफल पारिदिनु हुनहार्दिकअनुरोध गर्दछु ।
बाग्लुङ सेवा समाज ओमानका अध्यक्ष खेम खड्काथोकी भन्नूहुन्छ
बाग्लुङ सेवा समाज ओमान जिल्लाको नाम बाट खोलिएको भएपनी गैर राजनीतिक गैर नाफा मुलक तथा सामाजिक साथै जिल्ला भित्रको हरेक कोणलाई समेट्ने गरि स्थापना भएको एकभेगीय संस्था हो। यस जिल्लामा थुप्रै संभावना बोकेका ऐतिहासिक पर्यटकिय स्थलहरु साथै विभिन्न जातजातिको बसोवास अनि मौलिक भेष- भुषा, भाषा, धर्म, कला र संस्कृतिले भरिपुर्ण छ।यस संस्थाले बाग्लुङ जिल्ला भित्रमात्रै नभाएर जिल्ला भन्दा बाहिर पनि दुखी पीडित हरुलाइ विभिन्न किसिमका सहयोग गर्दै आइरहेको छ।
केही महिना पहिला पनि दुइजना बिरामिहरु लम्जुङ बेसिशहरका बिकाश घिमिरे र बाग्लुङ निसिखोला गाउपालिका ४ बाट बसाइ सरि कपिलवस्तु बाणगङ्गामा रहनुभएका टङक रेग्मीलाइ केही आर्थिक सहयोग गरेका थियौं । ओमानमा पनि विभिन्न संघ संस्था हरुसङ्ग हातेमालो गर्दै नेपाली हरुमा भै परि आउने समस्याहरुको समाधानका लागि निरन्तर रुपमा लागी परेकाछौँ। र आगामी दिनहरुमा पनि हामी यहि उद्धेश्यका साथ ओमानमा क्रियाशिल र सक्रियताका साथ संस्थागत रुपमा आफ्नो भुमिकाहरु निर्बाह गरिरहने छौँ ।
ओमानमा विभिन्न उद्देश्य साथ स्थापित संघ संस्थाहरुको सामाजिक अभियानहरुमा भएको एकता, भुमिका र समन्वयता अत्यन्तै नमुना योग्य छ। हामिहरुले यस पटक अनि पहिलो पटक तिहार दिपावली कार्यक्रम सबै संघ- संस्थाहरुको संयुक्त आयोजनामा भब्यताका साथ सम्पन्न गर्न गइरहेको छौ।
सच्चिकै भनौ भने यसलाई आपसी सदभाबको चाडको रुपमा मनाउन गइरहेको छौ। हाम्रो देश नेपाल र नेपाली समुदाय कला सांस्कृतिक हिसाबले अत्यन्तै धनि रहेको छ। हाम्रो हरेक धार्मिक एबम सांस्कृतिक चाडपर्बहरुको धार्मिक मूल्य मान्यता आफ्नो ठाउँमा छ तर सबै चाड पर्बहरु लाई सदभाबको चाडको रुपमा बिकास गर्न सकियो भने अत्यन्तै सकारात्मक र सुखद हुन्छ भन्ने लाग्छ। यो संयुक्त सांस्कृतिक तिहार कार्यक्रम अत्यन्तै नयाँ अभ्यास र प्रयोग हो ।
यसले हामी बिचको सदभाब, सम्मान, आत्मियता र भातृत्व भाइचारा आत्मिय सम्बन्धलाई थप बलियो बनाउन बिकास गर्ने छ भन्ने आशा लिएको छौं ।साथै यस संयुक्त तिहार कार्यक्रमले ओमान बाट बिश्व भरी छरिएर रहेका नेपाली हरुमा सकारात्मक संदेश प्रवाह गर्नेछ भन्ने बिश्वास गरेका छौं ।
त्यसैले ओमानमा रहनु भएका सम्पुर्ण प्रबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई मनोरञ्जनको साथमा आपसी सद्भाव लाइ थप प्रगाढ बनाउने हेतुले सम्भव भएसम्म आ आफ्नो मौलिक भेषभुषा पहिरन गरेर उपस्थित भै कार्यक्रम भब्यताका साथ सफल पारिदिनु हुन अनुरोध गर्दछौं ।
मोरङसुनसरी सेवा समाज ओमान
मोरङसुनसरी सेवा समाज जसलाई छोटकरिमा मोसु लेखिन्छ , भनिन्छ । यो विश्वका बिभिन्न मुलुकहरुमा रहि कार्यरत मोरङ र सुनसरी जिल्लाबासिहरुको साझा सामाजिक सस्था मोरङसुनसरी सेवा समाज "मोरङसुनसरीको चाहाना, सभ्य र समृद्द समाजको स्थापना" भन्ने मुल नाराका साथ कतारबाट सन २००१ देखि सुरु भएको यो सामाजिक अभियान हाल मोरङसुनसरी सेवा समाज नेपालको अबिभाकत्वमा विश्वका बिभिन्न मुलुकहरुमा सामाजिक अभियानमा सकृय छ । नेपालको मोरङ जिल्लाको सुन्दर हरैचा भन्ने ठाउँमा मोसुको हेडअफिस पनि संचालित छ, मोरङसुससरी सेवा समाज ओमान भने गत वर्ष २०२१ जुन ४ तारिक शुक्रबारका दिन मात्र ओमानमा स्थापना गरिएको हो । मोरङ सुनसरी सेवा समाज नेपाल लगायत मोसुका सम्पुर्ण क्षेत्रीय समितिमा आबद्द संघले मोरङसुनरी जिल्ला भित्र विभिन्न सामिजिक कार्यहरु गर्दै आएको छ भने मोरङसुनसरी भन्दा बाहिर पनि सामाजिक कार्यहरुमा सक्रिय रहेकोछ ।
मोसु ओमान पनि केन्द्र सङ सहकार्य गरि अगाडि बढिरहेकोछ ! साथ साथै मोसु ओमान ओमानमा पनि विभिन्न संघ सस्था सङ सहकार्य गरि अगाडी बढिरहेकोछ । मोसु ओमानले पनि भोलिका दिनहरुमा पनि विभिन्न सामाजिक कार्यहरुगरिरहनेछ भन्ने प्रतिबद्धता जनाउदछ ।
नेपाली समाज ओमानको अध्यक्ष बिकास घले भन्नूहुन्छ ।
नेपाली समाज ओमानको उदेश्य र आज सम्म गर्दै आएको योगदान वारे ओमानको सबै भन्दा जेठो संस्था भएको हुँदा सबैमा अवगत नै छ । नेपाली समाज ओमानको इतिहास बारे साथै नेपालि समाज ओमान स्थापना गर्नुको मुल उदेश्य:-नेपालि समाज ओमानको स्थापना २००३ मइ(May)२३ शुक्रबारको दिन रुविको पार्क जो अहिले ट्याक्सि स्टेन्ड बनेको छ । नेपालि मिलन चिन्तन समारोहको" आयोजना गरि ओमानको इतिहासमा प्रथम नेपालि जनभेला सप्पन्न भएको थियो । र प्रथम नाम नेपाल समाज ओमान पछि नेपाली समाज ओमान नाम दिइयो ।
नेपाली समाज ओमानको मुल उदेश्य:- राजनीतिक बाट टाढा राखेर क्षेत्रीय ,जातिय,र धर्मप्रति विभेद नगरि यस ओमानमा रहनुहुने हरेक नेपालिहरु प्रति भइपरि आउने समस्या प्रति डटेर लडने र लडन हरदम तत्पर रहने साथै हरेक नेपालीहरुलाई टेवा पुर्याउने भन्ने हेतुले नेपाली समाज ओमान नामक संस्थाको स्थापना गरिएको हो । साथै नेपालमा मनाईले विशेष चाड पर्वलाई मध्य नजर गरि आफ्नो पर्वहरु प्रदेशी भुमिमा पनि हरेक नेपालीहरु माझ प्रस्तुत गरि मनाउने पनि गर्दछ ।
नेपाली महिला समूह ओमानको महासचिब गोमा थापा मगर भन्नूहुन्छ ।
हाम्रो संस्था ओमानमा रहनु भएका प्रवासी नेपाली महिला दिदिबहिनीहरु लाई एकता बद्ध गराउदै प्रबासी नेपाली दिदिबहिनीहरुले भोग्दै आउनु भएको समस्याहरुमा आवाज उठाउन सकियोस । दिदि बहिनीका हरेक समस्याहरुको समाधान गर्नका लागि साझेदारिता गर्न सकियोस, राज्य सम्म हाम्रा समस्याका विषय र कुराहरु सगै हकहितका कुराहरु संस्थागत रुपमा राख्न सकियोस भन्ने हिसाबले स्थापना भएको नेपाली महिलाहरुको प्रतिनिधित्व गर्ने बिशुद्ध महिलाहरुको लैङ्गिक संस्था हो, मुलत: हामी यहि उद्धेश्यका साथ क्रियाशिल छौ ।
कार्यक्रमका सम्बन्धमा भन्नू पर्दा, ओमानमा हामिले नेपाली समुदायले मान्ने बिभिन्न धार्मिक एबम सांस्कृतिक चाड पर्बहरुलाई हामिले यहाँ संस्थागत रुपमा मनाउदै आइरहेका छौ तर संघ,संस्थाहरुको संयुक्त रुपमा आयोजना हुन गइरहेको यस तिहार, दिपावाली कार्यक्रम चाहिँ पहिलो अनुभव हो । हामी विभिन्न सामाजिक अभियानहरु संयुक्त रुपमा गरेका छौ । त्यसको निरन्तरता स्वरुपको एउटा रुपमा यो कार्यक्रम लाई लिन पनि सकिन्छ, बिशेषता: नेपाली समुदाय भित्रको सबै खाले भाषा संस्कृती लाई सम्मान गर्दै नेपाली सदभाब लाई थप बलियो बनाउन यस्ता कार्यक्रमहरुले ठूलो टेवा पुर्याउनेछ भन्ने बिश्वास लिएका छौ ।नेपाली संस्कृती भित्र बिबिधता भए पनि भाबनात्मक रुपमा एकता बद्ध छौ भन्ने बलियो उदाहरण यस कार्यक्रमले प्रस्तुत गर्ने छ ।
त्यसैले उक्त कार्यक्रममा सहभागिता जनाइदिनु भइ कार्यक्रमलाई भब्यताका साथ सफल पारिदिनु हुन सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुमा हार्दिक अनुरोध गर्दछौ ।
गुल्मी सेवा समाज ओमानका अध्यक्ष सुर्य पन्थी भन्नुहुन्छ ।
गुल्मी सेवा समाज ओमानको वि.सं . २०७४ बैषाख १ गते स्थापित भएको थियो । गुल्मी क्षेत्रको पहिचानगररी भौगोलिक बनाबट वातावरण,वन जंगल, प्राचीन मठ मन्दिर , गुफा ताल पोखरी प्राकृतिक सम्पदा पर्यटन तथा कला सँस्कृतिको सम्वर्धन एवं संरक्षणगदै विभिन्न क्षेत्रको विकासमा योगदान पुराउने खाडी मुलुक ओमानमा साथीभाईहरु संग जमघट, भेटघाट भाईचारा अन्य दाजुभाई तथा दिदिबहिनीहरु लगाएत सम्पुर्ण नेपालीहरुको हितमा कल्याणकारी काम गर्ने र प्रवासी नेपालीलाई आईपर्ने कुनै पनि समस्यामा भौतिक, नैतिक तथा सक्दो आर्थिक सहयोग गर्ने उदेश्यले यस् समाजको स्थापना गरिएको हो । साथै यो संस्थाले असहाय, असक्त, अपाङग,लगाएत बाढी पीडित आगो लागि पीडित मिगौला पीडित आन्द्रा पीडित साथै धेरै पिडित हरुको घाउमा मलाम लगाउदै आएको छ ।
ओमानमा राजदूतावास लगाएत सम्पुर्ण ओमान रहेका संघ संस्था हरुसंग सामाजिक काममा हातेमालो गदै अगाडि बने प्रतीबद्व जाहेर गर्दाछौ । संयुक्त साँस्कृतिक तिहारको कार्यक्रम अत्यन्तै राम्रो बिचार छ । हामीहरुमा भाइचारा आत्मीय सम्बन्धलाई थप बलियो बनाउन सहयोग पुराउने छ । संयुक्त तिहार कार्यक्रमले बिश्व भरि छरिएर रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सकारात्मक संदेश दिने बिश्वास गरेका छौ ।
पाल्पाली परिवार ओमानका उपाध्यक्ष नारायण खनाल भन्नुहुन्छ ।
नेपालको सुन्दर जिल्ला मध्येको पाल्पा जिल्ला पनि एक हो।यसै जिल्लाका बिभिन्न ठाऊँबाट बिभिन्न काममा आबद्ध भई ओमानमा रहनु भएका सम्पूर्ण पाल्पाली दाजुभाई तथा दीदी बैनीहरूलाई एउटै समूहमा एकीकृत गर्ने र हरेक पाल्पालीहरूको समस्याको लागी समाधान खोज्ने र सहयोग गर्ने उद्देश्यले यस परिवार स्थापना गरिएको हो। साथै यस परिवार पाल्पालाई चिनाउने बिभिन्न पर्यटकिय,धार्मिक स्थलहरु संस्कार संस्कृतलाई अन्य जिल्ला देश तथा बिदेशमा विकाश र चिनाउने उद्देश्य यस पाल्पाली परिवार हो। यो परिवार कुनै कसैको दवाबमा नरहि राजनीतिक क्षेत्रबाट पर रहि निस्वार्थ सहयोगी भवानाले कार्य गर्नु यस परिवारको उद्देश्य हो ।
यस अर्थ: ओमानमा रहनु भएका सम्पूर्ण प्रबासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई उक्त कार्यक्रम मा सहभागी भई कार्यक्रम भब्यताका साथ सफल परिदिनु हुन अनुरोध गर्दछु ।
नेपाल तामाङ समाज ओमानको अध्यक्ष अनिता तामाङ भन्नुहुन्छ ।
बिगत लामो समय देखि ओमानमा स्थापन भएको नेपाल तामाङ समाज ओमान को उदेश्य आफ्नो भेष ,भुषा, भाषा ,धर्म, कल, सस्कृती र रिति रिवाज लाई लोभ हुन बाट जोगाउने र ओमान स्थिती हामी सारा नेपाली मदुर हरुको हक, हित र भैइ परि आउने दुखमा केही सहयोग गर्ने,उदेश्यले स्थापना भएको सस्था हो । यस्मा कुनै जातीय भेदभाव विभेद हुने छैन । सबै सग मैत्रीपुर्ण सद्भाव शिस्ट बिचारले आत्मीयताको साथ समाजसेवा गर्दै आएकाछौ र सबै संघ संस्थाहरु सग मित्रताको हातहरु हातेमालो गर्दै अगाडि बढाउदै आएको छौ । ओमानमा भएका स- साना काम देखि देश नै कोरोन परकोपमा पर्दा नेपाल तामाङ समाजले आफ्नो हैसियत ले भ्याए सम्म सहयोग गर्दै आएको छ। अब आउने दिनहरुमा पनि सहयोग गर्ने छौ भन्दै सम्पुर्ण मा प्रतिबद्धता व्यक्त गर्दछौं ।
विशेष तिहार कार्यक्रममा नेपाल तामाङ समाजले आफ्नो जिम्मेवार निस्वार्थ भाबनले तिहारको कार्यक्रम सबै संघ सस्था सग मैत्रीपूर्ण मित्रता साथ हातेमालो गर्दै कार्यक्रम सब्य र भब्य रुपमा सफल पार्न लागि परेको छौ हाम्रो सकारात्मक बिचार हारु सांसर माझ पुराउने मिडियाका साथीहरु लाई पनि प्रचार प्रचारको लागि अनुरोध गर्दै ओमानमा रहनु भएका सम्पुर्ण प्रबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई तिहार कार्यक्रम सहभागी भै कार्यक्रम भब्यताका साथ सफल पारिदिनु हुन अनुरोध गर्दछौ ।
प्रवासी नेपाली एकता मञ्च ओमन परिवार
ओमानमा विभिन्न उद्धेश्यका साथ स्थापित संघ, संस्थाहरुको सामाजिक अभियानहरुमा भएको एकता, भुमिका र समन्वयता अत्यन्तै नमुना योग्य छ, हामिले यस पालि तिहार, दिपावली कार्यक्रम सबै संघ- संस्थाहरुको संयुक्त आयोजनामा भब्यताका साथ सम्पन्न गर्न गइरहेको छौ । हाम्रो देश नेपाल र नेपाली समुदाय सांस्कृतिक हिसाबले अनुपमता बोकेको देश समुदाय रहेको छ । यो संयुक्त सांस्कृतिक कार्यक्रम अत्यन्तै नयाँ अभ्यास र प्रयोग हो यसले हामी बिचको सदभाब, सम्मान, आत्मियता र भातृत्व,भाइचार पुर्ण सम्बन्धको थप बलियो बिकास गर्ने छ भन्ने आशा लिएको छौ ।
यो कार्यक्रम श्रृङखला बद्ध रुपमा गर्दै आइरहेको संयुक्त सामाजिक कामहरु बाट नै सिर्जना भएको सांस्कृतिक रुप पनि हो, जुन कार्यक्रमलाई हामिले सबैले एकताबद्ध भएर अपनत्व ग्रहण गरेका छौ, संयुक्त सामाजिक कामहरुको पुनरावृत्ति सांस्कृतिक हिसाबले पनि थालनि गर्यौ भन्ने लाग्छ ।ओमानमा रहनु भएका सम्पुर्ण प्रबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई उक्त कार्यक्रम सहभागी भइ कार्यक्रम भब्यताका साथ सफल पारिदिनु हुन अनुरोध गर्दछौ ।
नेपाली बुद्ध भिजन ओमान
नेपाली बुद्ध भिजन ओमान सन् २०११ मा स्थापना भई बौद्धिक दर्शनलाई अनुशरण गरि ओमान तथा नेपालमा रहेका नेपालीहरुको सहयोग र समाज सेवामा अदित्तिय योगदान पुर्याउदै आई रहेको छ ।यसै अनुरुप सेवा नै धर्म हो मुल नाराको साथ स्थापना गरिएको यस नेपाली बुद्व भिजन ओमान आफ्नो कार्यकालमा कयौं यस्ता समाजसेवी कार्य तथा सहयोग प्रदान गर्दै आइरहेको छ । तिहार कार्यक्रम सम्बन्धमा पनि हामिले हातेमालो गर्दै ओमानमा रहनु भएका सम्पुर्ण प्रबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई उक्त कार्यक्रम सहभागी भइ कार्यक्रम भब्यताका साथ सफल पारिदिनु हुन अनुरोध गर्दछौ ।
दलित एकता संजालका अध्यक्ष सुरेश बराली भन्नुहुन्छ ।
दलित एकता संजाल भनेकाे विभेद विरुद्धकाे एक अभियान हाे। यस संस्था २०१३ मा नेपालमा स्थापना भएर विश्वका धेरै देशहरुमा संस्था खुलेको छ । दलित एकता संजाल अभियानबाट मानव मानव बिचकाे सद्भावलाई भड्काउने र असमान देख्ने विरुद्ध आवाज उठाउदै आएको छ साथै कानुनीरुपमा कडा कार्वाहीकाे माग गर्दै समुदायको आवाजलाई बुलन्द गर्ने संस्था हाे । साथै यहाँ रहेका विभिन्न संघ संस्थाहरु संग हातेमालो गर्दै आएका छौ ।आगामी दिनमा निरन्तर रहनेछ । कार्यक्रम सम्बन्धमा : सबै संग हातेमालो गर्दै ओमानमा रहनु भएका सम्पुर्ण प्रबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई उक्त कार्यक्रम सहभागी भइ कार्यक्रम भब्यताका साथ सफल पारिदिनु हुन अनुरोध गर्दछौ ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना) ओमान
म्याग्दी प्रवासी नेपाली संघ (मोना) ओमान २०१७ मा स्थापना भै ओमान तथा म्याग्दी जिल्लामा विभिन्न किसिमका समाज सेवा गर्दै आएको छ । यो संस्था विश्वको ३२ मुलुकमा स्थापन भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना ) को प्रधान कार्यलाई म्याग्दीको बेनिमा रहेको छ । कार्यक्रम सम्बन्धमा : सबै संग हातेमालो गर्दै ओमानमा रहनु भएका सम्पुर्ण प्रबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई उक्त कार्यक्रम सहभागी भइ कार्यक्रम भब्यताका साथ सफल पारिदिनु हुन अनुरोध गर्दछौ ।
ओमानमा रहेका २४ वटा संस्थाहरुले ओमानमा रहेका नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई तिहारको कार्यक्रममा सहभागी भएर मनोरञ्जन लिदै सफल बनाउन हार्दिक अपिल गरेका छन ।
स्थान : सिटि फार्म हाउस सिव मस्कट
समय : बिहान ११ बजे
प्रवेश शुल्क निशुल्क
सम्पर्कको लागि : उमेश विक : 95603746, रन्जित आचार्य : 97207316, अनिता तामाङ 91272042,
छविलाल बस्नेत : 96922524, नवीन पंगेनी : 91665498