Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोनाविरुद्धको भ्याक्सिन

यी ३ कारणले कोरोनाविरुद्धको भ्याक्सिनमा चीन सबैभन्दा अगाडि

यी ३ कारणले कोरोनाविरुद्धको भ्याक्सिनमा चीन सबैभन्दा अगाडि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २८, २०७७ आइतवार • १९:३७:२५ बजे
  • 1.4K
    SHARES
  • यी ३ कारणले कोरोनाविरुद्धको भ्याक्सिनमा  चीन सबैभन्दा अगाडि

    एजेन्सी । कोरोना भाइरसले पश्चिमा देशलाई सबैभन्दा धेरै समस्यामा पारेको छ । पूर्वाधार र जनस्वास्थ्यको क्षेत्रमा पश्चिमी देश कमजोर सावित भएका छन् । उनीहरु अहिले कोरोना भाइरसको संक्रमणमा जुधिँरहेका छन् ।

    images
     

    अमेरिकाले परीक्षण गरिरहेको भ्याक्सिन सन् २०२१ को सुरुवातपछि मात्रै बजारमा आउनसक्ने र बेलायतको अक्सफोर्ड विश्व विद्यालयले विकास गरेको भ्याक्सिन परीक्षण रोकिएर फेरि सुरु भएको छ । यी दुबै भ्याक्सिन चिनियाँ भ्याक्सिन भन्दा पछाडी छन् ।

    चीनले भ्याक्सिन उत्पादनमा मात्रै होइन, कुटनीतिक हिसाबले पनि आफूलाई सबैभन्दा अगाडि लगेको छ । संसारभरका वैज्ञानिकले कोरोनाविरुद्धको भ्याक्सिन निर्माणमा चीन सबैभन्दा अगाडि रहेको बताएका छन् ।

    बेलायतको टेलिग्राफमा छापिएको रिपोर्ट अनुसार संसारभरका वैज्ञानिकले संसारमै सबैभन्दा पहिले कोरोनाविरुद्धको भ्याक्सिन चिनियाँ हुनसक्ने अनुमान गरेका छन् । संसारकै राजनीतिज्ञहरुले चीनले कोरोनाविरुद्धको भ्याक्सिन निर्माण गरेपछि विश्व राजनीति कता जान्छ भनेर चर्चा परिचर्चा सुरु गरेका छन् ।


    १. तेस्रो चरणको क्लिनिकल परीक्षणमा चिनियाँ भ्याक्सिन धेरै छन् । अहिले ९ वटा भ्याक्सिन परीक्षण तेस्रो चरणमा प्रवेश गरेकामा चीनका ४ वटा भ्याक्सिन रहेका छन् ।

    २. चीनले भ्याक्सिन बनाउनका लागि अन्य देशको भन्दा फरक विधि प्रयोग गरेको छ । चीनले पुरानो र विश्वसीलो विधिको प्रयोग गरेर भ्याक्सिन निर्माण गरेको छ ।

    ३. चीनले भ्याक्सिन निर्माण गरेर आफूलाई सुरुमै तेस्रो चरणमा प्रवेश गराउन सफल भएको थियो । संसारमै तेस्रो चरणको परीक्षणमा चिनियाँ भ्याक्सिन नै पुगेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology