Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बसन्तीको ठुम्का (भिडियोसहित)

बसन्तीको ठुम्का (भिडियोसहित)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २९, २०७९ शनिवार • ११:१०:४५ बजे
  • 1.0K
    SHARES
  • बसन्तीको ठुम्का (भिडियोसहित)

    गायिका तथा मोडल बसन्ती राईको नयाँ गीत ‘बेबी बसन्ती’ सार्वजनिक भएको छ । राजेश गुरुङको शब्द तथा संगीतमा तयार भएको गीतमा बसन्तीको स्वर तथा अभिनय रहेको छ । यस गीतमा एरेञ्ज तथा मिक्सिङ अमृत ल्वागुनको रहेको छ ।

    images

    पुर्वेली तथा आधुनिक गीतहरु गाउँदै आएकी बसन्तीले पहिलोपटक आइटम गाएकी छन् । गम्भीर विष्टको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा बसन्तीले अभिनेता आकाश श्रेष्ठ, कलाकार सुरवीर पण्डीत र कमेडियन फुलन्देकी आमा उमेश राईसँग ठुम्का लगाएकी छन् । बसन्ती र आकाशको हट डान्ससँगै रोमान्टिक मुडमा पनि देखिएका छन् ।

    यस भिडियोमा कलाकार सुरवीर पण्डीतलाई फरक गेटअपमा निर्देशक गम्भीरले प्रस्तुत गराएका छन् । सुरवीरको यो प्रस्तुतीमा दर्शकले फरक स्वाद पाउनेछन् ।

    बसन्ती राईको प्रस्तुती रहेको यस भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी रहेको र सम्पादन नबिन निरौलाको रहेको छ ।

    बसन्तीको योभन्दा अगाडि चर्चित गायक राजेशपायल राईसँग गाएको ‘सोई ढोले सोइ’, अभिनेता राजेश हमालसँग मोडलिङ गरेको गीत ‘लाने भए लैजाउ, ‘झुम्के बुलाकी’लगायत गीतहरु चर्चित छन् ।

  • सम्बन्धित विषय:

  • # बसन्तीको ठुम्का
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology