Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

२०२१ को अन्तिमसम्म कोरोनाका कारण जनजीवन सामान्य बन्न सक्दैन : वरिष्ठ वैज्ञानिक एन्थोनी फाउसी

२०२१ को अन्तिमसम्म कोरोनाका कारण जनजीवन सामान्य बन्न सक्दैन : वरिष्ठ वैज्ञानिक एन्थोनी फाउसी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २९, २०७७ सोमवार • ०८:२२:२० बजे
  • 2.1K
    SHARES
  • २०२१ को अन्तिमसम्म कोरोनाका कारण जनजीवन सामान्य बन्न सक्दैन : वरिष्ठ वैज्ञानिक एन्थोनी फाउसी
    एजेन्सी । अमेरिकाका कोरोना भाइरस विशेष डा.एन्थोनी फाउसीले सन् २०२१ को अन्तिमसम्म जनजीवन सामान्य हुने सम्भावना नरहेको बताएका छन् । फाउसीले सन् २०२० को अन्तिमसम्म कुनै एक भ्याक्सिनले मान्यता पाएमा सन् २०२१ को अन्तिमसम्ममा जनजीवन सामान्य बन्न सक्ने बताए । तर, भ्याक्सिनले सहयोग नगरेमा यो समय अझै लम्बिन सक्ने उनको अनुमान छ । फाउसीले भ्याक्सिनले सन् २०२० को अन्तिमसम्ममा मान्यता पाएमा पनि सबै मानिसका लागि अपुग हुने तर्क गरेका छन् ।
    अमेरिकी सञ्चारमाध्यमसँगको कुराकानीमा फाउसीले अनुमति प्राप्त भएपछि पनि उत्पादन र वितरणमा लामो समय लाग्ने दावी गरेका छन् । सन् २०२१ को मध्य या अन्तिमसम्म संसारको जनसंख्याको आधा हिस्सालाई पनि भ्याक्सिन दिन असम्भव भएको उनको तर्क छ । अहिले विकास भइरहेका कोरोनाविरुद्धका भ्याक्सिन चिसोमा राख्नुपर्ने हुन्छ ।
    कोल्ड स्टोरेजका कारण पनि मान्यता पाएका भ्याक्सिन पनि कोल्ड चेन बनाएर काम गर्दा ढिलाइ हुन्छ । वैज्ञानिक फाउसीले रेष्टुरेन्ट, बार र अन्य ठाउँमा भइरहेको भीडप्रति चिन्ता व्यक्त गरेका छन् । उनी भन्छन्, 'अहिले भीडमा जाने युवाहरुले आफू गम्भीर बिरामी हुँदैन भन्ने सोचिरहेका छन् । आफूमा दीर्घकालमा कुनै समस्या देखिन सक्छ र आफ्नो कारणले अन्य वर्गका मानिसमा संक्रमण हुन्छ भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । यस्तो नसोचेर भीड गर्नेहरुका कारण कोरोनाविरुद्धको लडाईँ कमजोर बनेको छ ।'
    फाउसीले संसारभर विभिन्न बस्तुको सेवनले कोरोनाविरुद्ध फाइदा हुने भन्दै वैज्ञानिक आधारबिनाका कुरा गरिरहेकोप्रति आपत्ति जनाए । यस्ता खालका कुराको खण्डन गर्नका लागि पनि आफूजस्तै वैज्ञानिकले धेरै समय खर्चिनु परेको उनको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology