कुवेत- कुवेतमा मङ्गाफ फुटबल क्लबको आयोजनमा अन्तर नेपाली फुटबल प्रतियोगिता यही २८ अक्टोबरमा हुने भएको छ ।
कुवेतको फाहहिल स्थित सुकसवाको खेलमैदानमा अल्मुल्ला एक्सचेन्ज नकआउट फुटबल प्रतियोगिता-२०२२ हुने भएको हो । मंगाफ फुटबल क्लबको आयोजनामा २८ अक्टोबर २०२२ शुक्रवार बिहानको ८ बजे देखि अन्तर नेपाली फुटबल प्रतियोगिता हुने कार्यक्रम संयोजक नबराज पराजुलीले जानकारी दिएका छन ।
फुटबल प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमललाई ट्रफी, मेडल, प्रमाणपत्रका साथ नगद पुरस्कार प्रदान गरिने छ । त्यसैगरी बिधागत रुपमा बेष्ट गोल रक्षक, बेष्ट डिफेन्डर, बेष्ट मिड फिल्डर, बेष्टफर्वाड, हाइ स्कोररलाई ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । फुटबल टिम दर्ताको लागि ३५ केडी शुल्क सहित २० अक्टोबर २०२२ साझको ६:०० बजे सम्मको समय तोकिएको आयोजक समितिको संयोजक नवराज पराजुलीले बताए ।
कुवेतमा रहेका खेलाडी र खेल प्रेमीहरुको चाहनालाई मध्यनजर गर्दै एक आपसमा भाइचारा अभिवृद्धी गर्ने उदेश्यले मंगाफ फुटबल क्लब कुवेतले अन्तर नेपाली अल्मुल्ला एक्सचेन्ज नक आउट फुटबल प्रतियोगिता आयोजना गर्न लागेको आयोजक समितिका खेल संयोजक नवराज पराजुलीले जानकारी दिएका छन । फुटबल खेलको मुख्य प्रायोजक भने अल मुल्ला एक्सचेन्ज कुवेत रहेको छ ।