Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

श्रीमतीलाई बलात्कार गरेको आरोपमा फुर्वा तामाङ पक्राउ

श्रीमतीलाई बलात्कार गरेको आरोपमा फुर्वा तामाङ पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ३, २०७९ बिहिवार • १६:४०:०७ बजे
  • 451
    SHARES
  • श्रीमतीलाई बलात्कार गरेको आरोपमा फुर्वा तामाङ पक्राउ

    श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा फुर्वा तामाङ पक्राउ परेका छन् । उनकी श्रीमतीले वैवाहिक करणीको जाहेरी दिएपछि भक्तपुर प्रहरी कार्यालयले असोज २६ गते फुर्वालाई पकाउ गरेको हो ।

    images

    उनकी श्रीमतीले बिहेपछि आफ्नो इच्छा विपरित शारीरिक सम्बन्ध राखेको, पटकपटक जबरजस्ती करणी गरेको र अप्राकृतिक सम्बन्ध राखेर दु:ख दिएको भन्दै प्रहरीसमक्ष उजुरी दिएका थिए ।

    उनकी श्रीमतीको उजुरीपछि प्रहरीले फुर्वालाई पक्राउ गरेको हो । जिल्ला अदालत भक्तपुरबाट म्याद थप गरी हिरासतमा राखेर फुर्वामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    श्रीमतीबाट हनीट्रपमा परेको भन्दै केही महिनाअघि फुर्वाले जिल्ला अदालत भक्तपुरमा मुद्दा दायर गरेका थिए । त्यसपछि पक्राउ परेका उनकी श्रीमतीले फुर्वाविरुद्ध जेलबाटै वैवाहिक जबरजस्ती करणीको उजुरी दिएका थिए ।

    उनी अहिले सुनधारा कारागारमा छन् । फुर्वाले श्रीमतीले आफूसँग भएको जायजेथा र सुनचाँदीको गरगहना गरी करिब डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै जिल्ला अदालत भक्तपुरमा मुद्दा दर्ता गरको थिए ।

    त्यसपछि उनी श्रीमती पक्राउ परेका थिए । सामाजिक सञ्जालबाट माया-प्रेम बसेर उनीहरूले केही समयअघि विवाह गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # फुर्वा तामाङ पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology