Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बालेनलाई फुटफाट व्यवसायीको चेतावनी- विकल्प नदिए सडकमै आउँछौँ

बालेनलाई फुटफाट व्यवसायीको चेतावनी- विकल्प नदिए सडकमै आउँछौँ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ३, २०७९ बिहिवार • १६:४२:०० बजे
  • 622
    SHARES
  • बालेनलाई फुटफाट व्यवसायीको चेतावनी- विकल्प नदिए सडकमै आउँछौँ

    काठमाडौँ महानगरपालिकाले सडकपेटीबाट हटाएका व्यवसायीले आफूहरु देशको नागरिक हो कि होइनौं भन्र्दै विकल्प नदिए अवज्ञा गर्ने चेतावनी दिएका छन् । महानगरले राज्य आतंक सिर्जना गरेर आफूहरुको रोजीरोटी खोसेको बताउँदै उनीहरुले विकल्प नदिए पुनः सडकमा फर्किने चेतवानी दिएका हुन् ।

    images

    महानगरका मेयर बालेन्द्र साहको निर्देशनमा केही दिनअघि थापाथलिबाट ठेला खोसिएकी शर्मिला तामाङले आफूहरुलाई सरकारले विना विकल्प एक मात्र बाँच्ने आधार नै खोसेर महागरले अमानवीय व्यवहार गरेको गनासो गरिन् ।

    बिहीबार अनामनगरस्थित संवाद डबलीमा आयोजित कार्यक्रममा बोल्दै शर्मिलाले प्रश्न गरिन्, ‘के हामी यो देशका नगरिक होइनौं र ? सरकारले आफै रोजगारीको व्यवस्था गर्नु पर्ने ठाउँमा उल्टै उठिबास लगाउने ?’ आफूले रोई कराई गर्दासमेत महानगरले मेयर साहको आदेश भन्दै आफ्नो ठेला लिएर गएको बताइन् ।

    थापाथलीस्थित प्रशुति गृहको नजिकै शर्मिलाले ठेलामा समान बेचेर गुजरा चलाउँदै आएकी थिइन् । त्यस्तै, हेटौंडा स्थायी घर भएकी बनेपामा गाडामा जुत्ताचप्पल बेच्ने विमला चौलागाइँले सरकारले गरिबको बिहान बेलुका छाक टार्ने आधार पनि चुडेर लगेको बताइन् ।

    अर्की पीडित रामेछाप मन्थली घार भएकी सुनिता कार्कीले आफ्नो गाडामा भएको चट्पटे व्यापार नै रोकेपछि बालबच्चा र परिवार कसरी पाल्ने अनि नागरिकको अविभावक राज्य नै भक्षक निस्केपछि कस्लाई भन्ने भन्दै भावुक भइन । गाउँको जग्गा जमिन बाँजो राखेर किन फुटपाथमा व्यवसाय गर्नु भन्ने तर्क गर्नेहरुलाई उनले प्रश्न गरिन्, ‘गाउँघरमा हामीले व्यापार व्यवसाय वा जमिनमा खेती गर्ने वातावरणचाहिँ खोई त ?’ नेकपा (बहुमत) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले विना बिकल्प रोजीरोटी खोस्ने कार्य बन्द नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

    पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विनोद थापाले मेयर बालेन्द्र शाहले गरिब तथा स्वोरोजगार नागरिकलाई अमानविय व्यवहार गरेको भन्दै उनि विरुद्ध छिट्टै सडकमा उत्रने उद्घोषसमेत गरे । उनले फुटपाथका मजदुर किसान भूमिहीन सुकुम्वासीहरुलाई कुनैपनि विकल्प बिना नै रोजगारीको आधारबाट हटाइरहेको र त्यी प्रवृत्ति देशभर चलेकोप्रति आफ्नो संगठन आक्रोषित भएको बताएका छन् ।

    अध्यक्ष थापाले नेपालको श्रम बजारमा औपचारिक ३५ लाख तथा अनौपचारिक २५ देखि ३० लाख श्रमिक क्रियाशिल रहेको र विगतदेखि वर्तमानका ठूलाठूला परिवर्तनमा उनीहरुको अहम भूमिका रहेपनि हरेक पटक शाशकहरुले पेल्ने गरेकाले फेरि बिद्रोहमा जान बाध्यता आउने बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology